साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेल नेपालले आज बंगलादेशको सामना गर्दै
वि.सं.२०७८ मंसिर २५ शनिवार ०९:०२
3.5K
shares
काठमाडौं: बंगलादेशमा आयोजना हुने साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र बंगलादेशबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । नेपाली टिम बंगलादेशलाई कडा चुनौती दिने योजनासहित मैदान उत्रनेछ ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।
आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।
शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।
बंगलादेशपछि नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ ।
नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ ।
फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।
नेपाली टिम : अन्जना राना मगर, सावित्री किशन, अंकिता राई, सलोनी राना मगर, सबिना चौधरी, मन्जु कुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सबिता राना मगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की, मेनुका कुमारी आले मगर ।
वि.सं.२०७८ मंसिर २५ शनिवार ०९:०२



















