कामना सेवा विकास बैंकले पहिलो फुटसल प्रतियोगिता आयोजना गर्ने
वि.सं.२०७८ मंसिर २० सोमवार १७:३७
2.4K
shares
काठमाडौं: कामना सेवा विकास बैंकले पहिलो ‘कामना सेवा फुटसल कप–२०२१’ प्रतियोगिता आयोजना गर्ने भएको छ । कामना सेवा विकास बैंकले ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी पुसको दोस्रो हप्तादेखि फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताको आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् ।
उक्त प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन खेलपाटी डट कमले गर्नेछ भने अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल कमिटीमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ ।
संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रवर्द्धन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले बताए।
यो पनी पढ्नुहोस् :
मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार
वि.सं.२०७८ मंसिर २० सोमवार १७:३७




















