प्रधानन्यायाधीश जबराले बोलाए न्यायाधीशहरूको फुलकोर्ट
वि.सं.२०७८ मंसिर २ बिहीवार १२:५८
1.9K
shares
काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।
दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा गोलाप्रथाद्वारा मुद्दा हेर्ने, निर्देशिका पारित गर्ने कार्यसूची रहेको छ ।
यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् ।
प्रधानन्यायाधीशले गोलाप्रथा लागू गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।
नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १२:५८



















