YouTube Link

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्कटल्यान्डमा भेट्ने

विश्वका विभिन्न मुलुकका शीर्ष नेता जलवायु सम्मेलनमा सहभागी हुन स्कटल्यान्डमा भेला हुँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्कटल्यान्डमा भेट्ने भएका छन् ।

 

स्कटल्यान्डको ग्लास्गोमा नोभेम्बर १ र २ तारिखमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन अन्तर्गतको ‘वर्ल्ड लिडर्स समिट’ का क्रममा भेट हुने भएको हो ।

 

बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी त्यसतर्फ जाँदै छन् ।

 

परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्रालयलाई पत्राचार गरी मोदीसँग भेटवार्ताका लागि समय मागेको थियो ।

 

परराष्ट्रले बुधबार विज्ञप्ति जारी गरी देउवाको भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ । जसमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखसँग भेटवार्ता हुने उल्लेख छ ।

 

असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएयता देउवाले पहिलोपटक मोदीसँग भेट्न लागेका हुन् ।

 

देउवाले अघिल्लो महिना पार्टी सहमहामन्त्री प्रकाशशरण महतलाई दूतका रुपमा भारत पठाएका थिए । महतले प्रधानमन्त्री देउवाले चाँडै भारत भ्रमण गर्ने संकेत गरेका छन् ।

 

विश्वका विभिन्न मुलुकका शीर्ष नेता जलवायु सम्मेलनमा सहभागी हुन स्कटल्यान्डमा भेला हुँदैछन् ।

 

नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार बेलायततर्फ उड्ने कार्यक्रम छ ।

 

देउवा बेलायत हुँदै स्कटल्याण्ड जाने तय भएको छ । यद्यपि बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग बेग्लै द्विपक्षीय भेटवार्ता नहुने परराष्ट्र अधिकारीहरुले बताए ।

 

बेलायत भ्रमणमा देउवाले नेपाल हेर्ने बेलायती सांसदको टोलीसँग साक्षात्कार गर्नेछन् । बेलायत-नेपाल सोसाइटी र त्यहाँस्थित ग्रैह्रआवसीय नेपालीलाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

३१ तारिखका दिन बेलायतस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनालले देउवाको सम्मानमा नेपाली दूतावासमा रिसेप्सन दिने कार्यक्रम छ । त्यसपछि देउवा नोभेम्बर १ तारिखका दिन ग्लास्गो पुग्नेछन् ।

 

देउवाले नोभेम्बर १ तारिखमा जलवायु परिवर्तनसम्बन्धी कोप २६ सम्मेलनमा मन्तव्य दिने कार्यक्रम छ ।

 

सम्मेलन उद्घाटनको बिहान बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखलाई दिने ब्रेकफास्ट रिसेप्सनमा देउवा पनि सहभागी हुने कार्यक्रम छ ।

 

देउवा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन अन्तर्गतको ‘वर्ल्ड लिडर्स समिट’पछि बेलायती प्रधानमन्त्रीले दिने रात्रिभोजमा सहभागी हुनेछन् ।

 

देउवाले नोभेम्बर ३ तारिखका दिन रोयल बोटानिक गार्डेन भ्रमण गरी त्यहाँस्थित नेपाली गार्डेनमा वृक्षारोपण गर्ने कार्यक्रम छ। उनले त्यहाँ सम्बोधन गर्नेछन् ।

 

प्रधानमन्त्री देउवा नोभेम्बर ३ मा स्वदेश फर्किने छन् । उनी नोभेम्बर ४ तारिखका दिन बिहान नेपाल आइपुग्ने तालिका छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...