पेरिस सेन्ट जर्मेन लिग वानमा अपराजित यात्र कायमै राखेको छ
लियोनल मेस्सी यो खेलमा टिमको सेटमा थिएनन्
वि.सं.२०७८ असोज ७ बिहीवार १३:१९
2.2K
shares
एजेन्सीः पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिग वानमा अपराजित यात्र कायमै राखेको छ ।
अच्राफ हाकिमीले इन्ज्युरी समयमा गोल गर्दा पिएसजीले मेट्जलाई २–१ ले हराएको छ ।
बुधबार राति भएको खेलमा पिएसीले मेट्जलाई २–१ ले हराएको हो ।
हाकिमीले खेलको पाँचौँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
मेट्जका बाउबकर कौयतले ३९औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
मेट्जका कप्तान डायलन ब्रोन दोस्रो हाफको इन्ज्युरी समयमा रातो कार्ड पाएका थिए ।
रातो कार्ड पाउदै कप्तान डायलन ब्रोन मैदानबाट बाहिरिँदा मेट्ज १० खेलाडीमा समेटियो ।
दश खेलाडीमा समेटिएको मेट्रज माथि पिएसजीका लागि हाकिमीले खेलको अन्तिम समयमा गोल गर्दै टिमलाई जित दिलाए ।
उनले नेयमारको पासमा गोल गरेका थिए ।
जितसँगै पिएसजीले लिग वानमा सात खेलबाट २१ अंक जोडेको छ ।
पिएसजी अंक तालिकाको शीर्ष स्थानमा छ ।
मेट्ज ३ अंक सहित तालिकाको पुछारमा रहेको छ ।
गत वर्ष उपाविजेतामा सिमित भएकाे पिएसजी याे वर्ष लिग वान मात्र नभएर च्यािम्पियन्ससिप समेत जित्ने दाउमा रहेकाे छ ।
पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार खेलाडी लियोनल मेस्सी यो खेलमा टिमको सेटमा थिएनन् ।
मेस्सीको घुँडामा चोट लागेको कारण उनी टिममा समेटिएका थिएनन ।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ असोज ७ बिहीवार १३:१९




















