राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा
अन्तिम २५ खेलाडीलाई
वि.सं.२०७८ भदौ १० बिहीवार २०:५५
1.9K
shares
काठमाडौंः राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने जनाएको हो ।
नेपाली टोली भारतसँग दुई मैत्रीपूर्ण खेलको लागि पोखरामा प्रशिक्षणरत छ ।
मुख्य प्रशिक्षक अब्द्दुलाह अल्मुताईरीले अन्तिम २५ खेलाडीलाई प्रशिक्षणमा राखेका छन् ।
यसपटक टोलीमा अनुभवी खेलाडी भरत खवास, विक्रम लामा, जर्ज प्रीन्स कार्की, रन्जित धिमाल, युवा स्ट्राइकर अभिषेक रिजाल लगायतका खेलाडी टिममा देखिने छैनन् ।
प्रशिक्षक अल्मुताईरीले शुरु खेदिनै युवा खेलाडीलाई प्रथामिकता दिएका छन् ।
युवा खेलाडी राजन गुरुङ, नितिन थापाले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
त्यसतै सुजल श्रेष्ठ, विशाल राईले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।
नेपालले भारतसँग दशरथ रंगशालामा यहि भदौ १७ र २० गते दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
त्यस लगत्तै नेपाली राष्ट्रिय टिमका सदस्य टोली सेप्टेम्बर १० मा कतार प्रस्थान गर्नेछन् ।
नेपालले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको लागि कतारमा बन्द प्रशिक्षण गर्न लागेको हो ।
१७ दिनको कतार प्रशिक्षणपछि नेपाली टिम साफ च्याम्पियनसिपको लागि सिधै माल्दिभ्स प्रस्थान गर्नेछन् ।
साफ च्याम्पियनसिप अक्टोबर १ बाट १६ तारिखसम्म माल्दिभ्सको राजधानि मालेस्थित अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।
साफ च्यााम्पियनसिपमा नेपालको पहिलो प्रतिदन्द्धी आयोजक राष्ट्र माल्दिभ्स रहेको छ ।
पाँच टिम सम्मेलित प्रतियोगिता राउण्ड रोविनमा खेल हुनेछ ।
शिर्ष अंक भएका दुई टिममाले उपाधिको लागि भिड्न्त गर्नेछन् ।
यो पनि पढ्नु होस्ः
मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने
वि.सं.२०७८ भदौ १० बिहीवार २०:५५




















