मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने
एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडको सुरज गिरीले सम्झौता पत्र आदान प्रदान गरे
वि.सं.२०७८ भदौ १० बिहीवार १५:४९
2.1K
shares
काठमाडौंः नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनबाट हुने भएको छ ।
आगामी सेप्टेम्बरमा हुने उक्त खेलको प्रत्यक्ष प्रसारणका लागि बिहीबार अखिल नेपाल फुटबल (एन्फा) र एडप्याडबीच ब्रोडकास्टिङ अधिकारका लागि सम्झौता भएको छ ।
एन्फामा भएको सम्झौतामा एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडको तर्फबाट सुरज गिरीले सम्झौता पत्र आदान प्रदान गरे ।
एडप्याडले ब्रोडकास्टिङ अधिकारका लागि विज्ञापन खुला गरेको थियो ।
त्यसमा एडप्याडले २५ लाख १० हजार बिड गरेको एडप्याडका सुरज गिरीले जनाए ।
गिरीले खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनबाट हुने जानकारी दिए ।
गिरी नेपालको लागि यो ठूलो रकम भए पनि खेलकुद क्षेत्रका लागि २५ लाख ठूलो रकम नभएको बताए ।
यस्तै डिजिटलतर्फ मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारण ओएसआर स्पोर्ट्सले प्रसारण गर्ने गिरीले बताए ।
नेपाल र भारतबीच यही भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ ।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ भदौ १० बिहीवार १५:४९




















