YouTube Link

एनआईसी एशिया बैंकले रु. २० लाख बीमा रकम भुक्तानी

Facebook Link

काठमाडौं:  एनआईसी एशिया बैंकले रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले ल्याएको न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत एनआईसी एशिया बैंकले रु. २० लाख बीमा रकम भुक्तानी गरेको हो ।

 

बैंकले  दुईजना खातावालालाई जनही रु. १०/१० लाख गरी कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ।

 

बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५ बसुन्धारानिवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमाबापत रु. १० लाख बीमा रकम भुक्तानी गरिएको छ।

 

श्रेष्ठकी पत्नी रुकमती श्रेष्ठलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष् कुमार राठीले उक्त रकमबराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।

 

यसैगरी बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्बास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्बास–६ निवासी रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकोमा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमाबापत रु. १० लाख बीमा रकम भुक्तानी गरिएको छ।

 

सुवेदीलाई बैंकको पुनर्बास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकमबराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।

 

बैंकको यस सुविधाबाट घरको मुख्य मान्छे नै गुमाएका परिवारजनले ठूलो लाभ प्राप्त गर्ने विश्वास सुवेदीले व्यक्त गरिन्। उनले भनिन्, ‘मेरो परिवारलाई सहयोग गरेबापत यस बैंकका सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’

 

दुवै लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो। यस बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जना भन्दा बढी ग्राहकले बीमाबापतको रु. ३ करोड ५८ लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन्।

 

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७२ एटीएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

 

यो पनी पढ्नुहोस् :

ग्लोबल आइएमई बैंकले ७.२९ प्रतिशत ब्याजदरमा सवारी कर्जा

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...