महिला फुटबल टिमका खेलाडी सहित ७७ जनाको उद्धार
अफगानिस्तानका महिला
वि.सं.२०७८ भदौ ९ बुधवार १५:००
2.3K
shares
एजेन्सीः अफगानिस्तानका जोखिममा रहेका महिला फुटबल टिमका खेलाडी, स्टाफसहित ७७ जनाको अष्ट्रेलियाले उद्धार गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र खेलाडीको संगठन फिप्रोले उद्धारको लागि अपिल गरेको थियो ।
अष्ट्रेलिया सरकारले अफगानिस्तानका महिला खेलाडी र टिमको स्टाफ गरि ७७ जनाको उद्धार गरेको हो ।
अफगानिस्तानका पूर्व खेलाडी तथा फुटबलकी कप्तान खालिदा पोपालले समेत महिला खेलाडीहरु निकै भयभित,डर,त्रासमा रहेको जनाईकी थिईन ।
खालिदा पोपालले समाजिक संजाल मार्फत उद्धारका लागि अपील गरेकी थिइन् ।
फिप्रोले एक विज्ञप्ति निकाल्दै उद्धार कार्यलाई शरनिय कार्य भन्दै अष्ट्रेलिया सरकार प्रति आभार व्यक्त गरेको छ ।
विद्रोही समुह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका महिला फुटबल टिमका खेलाडी लुकेर बसेका थिए ।
तालिबानको इस्लामिक कानुनमा महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ ।
अफगानिस्तानमा महिलाले पुरै शरीर ढाक्ने बुर्खा लगाउनु पर्ने नियम रहेको छ ।
अफगानिस्तानमा १० वर्ष भन्दा माथिका छात्राहरु विद्यालय जान नपाउने नियम समेत रहेको छ ।
विद्रोही समुह तालिबानले सत्ता कब्जा गरेपछि भागेर आफ्नो ज्यान बचाउने खेलाडीहरु पनि रहेका छन् ।
अफगानी युवा फुटबल खेलाडी भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर ज्यान पनि गएको छ ।
उनी अफगानी युवा फुटबल खेलाडी रहेका थिए ।
भाग्ने क्रममा उनि अमेरिकी विमानको टायरमा लुकेर बसेका थिए ।
उक्त विमान उडिरहेको बेला ति १९ वर्षीय यसवा फुटबलर जाकी अनवरीको खसेर मृत्यु भएको थियो ।
यो पनि पढ्नु होस्ः जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाइ तीन कास्य पदक
वि.सं.२०७८ भदौ ९ बुधवार १५:००



















