एथ्लेटिक विल्बाओे र बार्सिलोनाले बराबरिमा राेकिए
स्पेनिस ला लिगा अन्तर्गत
वि.सं.२०७८ भदौ ६ आइतवार १३:३७
1.8K
shares
एजेन्सीः स्पेनिस ला लिगामा अन्तर्गत एथ्लेटिक विल्बाओे र बार्सिलोनाले बराबरि खेलेको छन् ।
पहिलो हाफमा दुबै पक्षबाट कुनै पनि गोल नहुदा खेल बराबरिमा पहिलाे हाफ सकिएको थियो ।
दोस्रो हाफको ५०औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै विल्वोओलाई अग्रता दिलाएका थिए ।
एक गोललेपछि परेको अवस्थामा बार्सिलोनाका मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको छ ।
एथलेटिक विल्बाओेको घरेलु मैदान सान ममेज बारिया रंगशालामा सम्पन्न खेलमा एथ्लेटिकका इनिगो मार्टिनेजले गोल गर्दै खेलमा अग्रता बनाएका थिए ।
७५औं मिनेटमा जर्सी रोबर्टोले दिएको पासको सदुपयोग गर्दै मेम्फिस डिपेले बर्सिलोनाको लागि बराबरी गोल फर्काए ।
खेलको अन्तिम समयकमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा ईरिक गर्सियाले रातो कार्ड पाउदै मैदान छाडेका थिए ।
यो खेलसँगै रोनाल्ड कोम्यानको टिमले दुई खेलबाट चार अंक बनाएको छ ।
चार अंकका साथ बार्सिलोना शीर्षस्थानमा छ ।
उसले पहिलो खेलमा रियल सोसिडाडविरुद्ध सहज जित निकालेको थियो।
यता दुई खेलबाट दुई अंक बनाएको एथ्लेटिक विल्बाओे नवौं स्थानमा छ।
त्यस्तै, शनिबार राति सम्पन्न एस्पानोयल र भिल्लायिलको खेल गोलरहित बराबरीमा रोकिएको छ ।
त्यस्तै, रियल बेटिस र कार्डिजले १–१ गोलको बराबरी खेलेका थिए।
१–१ गोलको बराबरी खेल्नेमा ग्रानाडा र भ्यालेन्सिया पनि रहे।
यता अलावेसको मैदानमा पहुना टिम मायोर्काले भने १–० गोलको संघर्ष पूर्ण जित निकालेको थियो।
यो पनि पढ्नु होस्ः लिग वान फुटबलमा पीएसजीले लगतार तस्रो जित निकालेको छ
वि.सं.२०७८ भदौ ६ आइतवार १३:३७



















