YouTube Link

सानिमा बैंक लिमीटेडले २ अर्ब २७ करोड खूद नाफा आर्जन

World Cup 2026
Facebook Link

काठमाडौं:   सानिमा बैंक लिमीटेडले २ अर्ब २७ करोड खूद नाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा २ अर्ब २७ करोड खूद नाफा आर्जन गरेको हो ।

 

अघिल्लो वर्षको यही अवधिसम्म यस्तो नाफा १ अर्ब ७७ करोडमा सीमित थियो । समीक्षा अवधिका लागि सानिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६८ करोड रुपैयां रहेको छ । बैंकको चुक्तापूंजी ९ अर्ब ६८ करोड रुपैयां रहेको छ ।

 

सानिमा बैंक लिमीटेडले अन्य वित्तीय सूचकहरुमा पनि राम्रै प्रगति गरेको देखिएको छ । अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ५२ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ३ अर्ब २४ करोड पुगेको छ भने ४ अर्ब १८ करोडमा सीमित खूद ब्याज आम्दानी सामान्य बढी ४ अर्ब ५२ करोडको उचाईमा पुगेको छ ।

 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकले १ खर्ब ७ अर्ब बढी निक्षेप संकलन गरी ९० अर्ब ८५ करोड बढी कर्जा परिचालन गरेको थियो ।

 

रु. १ अर्ब १९ करोडमा सीमित रिटेल अर्निंग बढेर १ अर्ब ६८ करोड पुगेको छ भने २ अर्ब ८२ करोडमा सीमित रिजर्बको आकार बढेर ३ अर्ब ४९ करोड पुगेको छ । नाफामा सुधार भएसंगै बैंकको प्रतिसेयर आम्दानी(इपीएस)मा पनि सुधार देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २०.१८ रुपैयाँ रहेको इपीएस बढेर २३.५१ रुपैयांको उचाईमा पुगेको छ ।

 

बैंकले कोरोनाकालमा समेत खराब कर्जाको असूलीमा ध्यान दिएको देखिन्छ । फलस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म ०.४५ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष ०.१६ प्रतिशतमा सीमित बन्न पुगेको छ ।

 

समीक्षा अवधिसम्म बैंकको कोष लागत ४.७५ प्रतिशत, सीडी रेसियो ८२.३१ प्रतिशत, आधार दर ६.३४ प्रतिशत, मूल्य आम्दानी अनुपात २०.६३ गुणा, प्रतिसेयर नेटवर्थ १५३.६० रुपैयाँ र तरलता अनुपात २२.१५ प्रतिशत रहेको छ ।

 

यो पनी पढ्नुहोस् :

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर बांडफांड

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...