Texas College
YouTube Link

अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई सोधपुछ

Facebook Link

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सोधपुछ गरेका छन् । निर्धारित समयभन्दा अगाडि नै मौद्रिक नीतिमा भएका व्यवस्थाहरुबारे सञ्चार माध्यमहरूले समाचार बनाएपछि अर्थमन्त्री जनार्दन शर्माले सोधपुछ गरेका हुन् ।

 

जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधु कुमार मरासिनीसँग निर्धारित समयभन्दा अगाडि नै छताछुल्ल भएको बारे जानकारी मागेका छन्।

 

बैंक सञ्चालक समितिको शुक्रवार बिहान ८:३० बजे बसेको बैठकले अनुमोदन गरेपछि अपराह्न ४:१५ मा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । राष्ट्र बैंकको सात सदस्स्यीय संचालक समितिमा गभर्नर अध्यक्ष रहन्छन भने अर्थ सचिव संचालक सदस्य हुन्छन् ।

 

राष्ट्र बैंक स्वायत्त निकाय भएको भनीएपनि अर्थसचिव बीना संचालक समितिको बैठक समेत बस्नलाई हम्मे हम्मे हुने गर्दछ । अन्य संचालकमा दुई जना डेप्यूटी गभर्नर  र सरकारले नियुक्त गर्ने तीन जना सदस्यहरु रहन्छन्।

 

अर्थमन्त्री ज्यूले गभर्नरलाई कसरी मौद्रिक नीति बाहिरियो भनेर सोध्नु भयो । यसबारे मन्त्रालय निकै गम्भीर बनेको छ । गभर्नरले आफू यसबारे अनविज्ञ रहेको र थप कुरा बुझेर अर्थमन्त्रीलाई बताउने बाचा गरेका स्रोतले जनाएको छ ।

 

गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो घटनाबाट आफू अचम्ममा परेको बताउनु भएको छ। उनले आफू कसरी र कुन व्यक्ति विशेषबाट यस्तो अक्षम्य गल्ती भयो भन्ने अनुसन्धानमा लागिसकेको बताए ।

 

उनले भने यही ढङ्गले यस्तै गतिविधि हुने हो भने संस्थागत सुशासन कुनै पनि हालतमा कायम हुन नसक्ने चिन्ता व्यक्त गर्दे अनुसन्धान सुरु गरिसको र यस्तो अक्षम्य गल्ती गर्नेलाई कारबाही गर्ने बताउनु भएको छ ।

 

यो पनी पढ्नुहोस् :

लक्ष्मी बैंक लिमिटेडले १ अर्ब ५४ करोड रुपैयाँ बढी नाफा आर्जन

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...