फिफा विश्व बरियतामा नेपाल १६८औं स्थानमा उक्लियो
नयाँ बरियता अनुसार शीर्ष स्थानमा बेल्जियम, दोस्रो स्थानमा ब्राजिल र तेस्रो स्थानमा फ्रान्स
वि.सं.२०७८ साउन २८ बिहीवार १८:३३
3.1K
shares
काठमाडौं: नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा विश्व बरियतामा चार स्थानले सुधार भएको छ ।
विश्व फुटबलको नियमन निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १६८औं स्थानमा उक्लिएको छ ।
यस अघि १७२औं स्थानमा रहेको नेपालको चार स्थान सुधार भएको हो ।
नयाँ बरियताअनुसार शीर्ष स्थानमा बेल्जियम छ भने दोस्रो स्थानमा ब्राजिल र तेस्रो स्थानमा फ्रान्स छ ।
युरो २०२० को उपविजेता इङ्ल्यान्ड चौथो स्थानमा रहँदा युरो च्याम्पियन इटाली पाँचौं स्थानमा छ । कोपा अमेरिका २०२१ च्याम्पियन अर्जेन्टिना छैठौं तथा ओलम्पिक २०२० को रजत पदक विजेता स्पेन सातौं स्थानमा छ ।
पोर्चुगल आठौं तथा मेक्सिको नवौं स्थानमा छ भने दशौं स्थानमा अमेरिका छ ।
दक्षिण एसियाली मुलुकको सूचीको शीर्ष स्थानको भारत विश्व बरियताको १०५औं स्थानमा छ । यस्तै अफगानिस्तान १५३औं र माल्दिभ्स १५८औं स्थानमा छन् । दक्षिण एसियाली मुलुकमध्ये भुटान, पाकिस्तान, बंगलादेश र श्रीलंका नेपालभन्दा पछाडि छन् ।
वि.सं.२०७८ साउन २८ बिहीवार १८:३३




















