YouTube Link

मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने

World Cup 2026
Facebook Link

काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न नयाँ योजना ल्याउन लागेको छ । मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने गरी नयाँ नियम ल्याउन लागेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवारी गर्ने दुबै जनाले राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त हेल्मेट हुनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

आज महाशाखामा पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले यो कुरा बताएका हुन् । नयाँ योजनामा अनलाइनमार्फत् जरिवानावापतको रकम तिर्न सकिने छ । यसबारे जानकारी दिँदै एसएसपी पन्तले भने, ‘चालकहरुलाई सहज होस् र ट्राफिक व्यवस्थापन गर्न सहज होस् भन्ने उदेश्यले अनलाइन पेमेन्टको योजना अघि ल्याइएको हो । अबको केही महिनामै यसले पूर्णता पाउँछ ।’

यसबाट चालकले लाइन बसेर बैंकमा भौचर भरेर रकम तिर्नु पर्ने समस्या समाधान हुने बताइएको छ । त्यसैगरी इ-चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट थमाइने पनि एसएसपी पन्तले बताए । यसमा प्रहरीले कागजको प्रयोज बिना कप्युटर प्रविधिमार्फत् चिट काट्ने छ । त्यस्तै ट्राफिक लाइट थप गर्न र व्यवस्थापन गर्ने, उपत्यकाका सम्पूर्ण ठाउँमा पिक एण्ड ड्रपको व्यवस्थापन गर्ने, करिडोरहरु सञ्चालन गर्ने योजना ट्राफिकको रहेको उनले बताए ।

साना सवारीलाई उपत्यकाबाट विस्थापन गर्न पनि ट्राफिकले भूमिका खेल्ने, पर्यटकीय क्षेत्रहरुमा भइकल फ्रि जोन बनाउने, भाडाका सवारीमा ड्रेस कोडको व्यवस्थापन गर्ने योजना ट्राफिकको रहेको बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...