Texas College
YouTube Link

युनियन लाइफ र मनकामना स्मार्टको सेयर दोस्रो बजारमा

Facebook Link

काठमाडौं: युनियन लाइफ र मनकामना स्मार्ट लघुवित्तको  सेयर धितोपत्र दोस्रो बजारमा आउने भएको छ ।  हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेका कम्पनीहरुको सेयर भोलि सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज आइतबार मनकामना स्मार्ट र युनियन लाइफ कम्पनीलको सेयर सूचीकरण सम्झौता भएको छ । कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट कारोबार आउने गर्छ ।

 

नेप्सेमा मनकामना स्मार्टको १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ११ हजार ५०० कित्ता सूचीकृत भएको छ । जसमा संस्थापकको ८ लाख २२ हजार ५०० कित्ता र सर्वसाधारणको ३ लाख ८९ हजार कित्ता रहेका छन् ।

 

यो लघुवित्तलाई नेप्सेले एमकेएलबी कारोबार संकेत प्रदान गरेको छ भने पहिलो करोबारका लागि न्यूनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

 

यो लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ निष्कासन गरेको छ । आईपीओ बाँडफाँड असार २८ गते गरिएको थियो ।

 

यसैगरी युनियन लाइफको १०० अंकित दरका कुल २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापकको १ करोड ५० लाख ५० हजार कित्ता र सर्वसाधारणको ६४ लाख ५० हजार कित्ता रहेका छन् ।

 

यो कम्पनीलाई नेप्सेले यूएलआई कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने न्यूनतम ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ ।

 

युनियन लाइफको आईपीओ गत असार ३१ गते बाँडफाँड गरिएको थियो। यो कम्पनीले गत असार २४ गतेदेखि असार २८ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

 

यो पनी पढ्नुहोस् :

साधना लघुवित्त वित्तीय संस्थाले १९६ प्रतिशतले नाफा बृद्धि गर्न सफल

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...