प्रधानमन्त्री देउवाको सिफारिसमा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
वि.सं.२०७८ साउन १० आइतवार १६:५९
3.2K
shares
काठमाडौं: स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैंसँग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाको सिफारिसमा उनलाई स्वास्थ्य राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूसँगै रहने गरी माननीय श्री उमेश श्रेष्ठज्यूलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७८ साउन १० आइतवार १६:५९



















