YouTube Link

नेपाली राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा अकस्मात राजीनामा घोषणा

गत वर्ष चैत २२ मा उनी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए

Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।

 

आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रशिक्षक अल्मुताइरीले नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले आफूले राजीनामा दिएको उल्लेख गरेका छन ।

 

वरिष्ठ उपाध्यक्ष नेम्वाङले दिनदिनै अनेक बहाना र नाटक गरेर आफूलाई दु:ख दिएको दाबी उनले गरेका छन् । उनले राजीनामा पत्र आजै एन्फामा बुझाउने बताएका छन् ।

 

उनले विगत तीन हप्तादेखि आफूलाई दबाब आएको उल्लेख गर्दै लेखेका छन ‘म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु । अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?

 

गत वर्ष चैत २२ मा उनी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । एन्फाले उनलाई एक वर्षका लागि प्रशिक्षक नियूक्त गरेको थियो ।

 

तर, ४ महिना नबित्दै उनले राजिनामा घोषणा गरेका छन ।

 

अलमुताइरीको प्रशिक्षणमा नेपालले विश्वकप छनोटका ३ खेल खेलेको थियो ।

 

जसमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो भने  जोर्डन र अष्ट्रेलियासँग समान ३–० गोलअन्तरले पराजित भएको थियो ।

 

https://www.facebook.com/abdullah.almutairi1891/posts/180021507513664

 

दक्षिण एसियाली फूटबल महासंघले नेपालमा साफ च्याम्पियनशिप फूटबल आयोजना गर्न प्रस्ताव
अमेरिकाले आईतवार पहिलो स्वर्ण पदक जितेको छ

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...