YouTube Link

दक्षिण एसियाली फूटबल महासंघले नेपालमा साफ च्याम्पियनशिप फूटबल आयोजना गर्न प्रस्ताव

आगामी असोज-कात्तिक (अक्टोबर)मा

Facebook Link

काठमाडौंः दक्षिण एसियाली फूटबल महासंघले नेपालमा साफ च्याम्पियनशिप फूटबल आयोजना गर्न प्रस्ताव गरेको छ ।

दक्षिण एसियाली फूटबल महासंघले आगामी असोज-कात्तिक (अक्टोबर)मा साफ च्याम्पियनशिप फूटबल आयोजना गर्न अखिल नेपाल फूटबल संघ (एन्फा)लाई प्रस्ताव गरेको हो ।

साफका महासचिव अन्वरुल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई प्रस्ताव पठाएका हुन् ।

साफले प्रस्ताव पठाएको एन्फा स्रोतले जनाएको छ ।

नेपाल साफ च्याम्पियनशिप आयोजना गर्न तयार रहेको एन्फा महासचिव तुलाधरले जानकारी दिए ।

‘साफ च्याम्पियनशिप आयोजना गर्नका लागि विस्तृत प्रस्ताव पठाउने तयारीमा छौं’ महासचिव तुलाधरले भने ।

साफ च्याम्पियनशिप कहाँ आयोजना गर्ने भन्ने निर्णय साफ अध्यक्ष तथा साफ कार्यकारी समितिले गर्नेछ ।

एन्फाले पठाउने प्रस्तावलाई अध्ययन गरेर निर्णय हुने महासचिव तुलाधरले बताए ।

साफ च्याम्पियनशिप बाङ्लादेशमा गर्ने तय भएको थियो ।

akhabarnepal.com

तर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि ८ साउनमा बसेको सदस्य राष्ट्रहरूको भर्चुअल बैठकले बाङ्लादेशमा नगर्ने निर्णय गरेको हो ।

त्यसपछि नेपाललाई प्रस्ताव आएको छ ।

नेपालले यसअघि दुई पटक साफ च्याम्पियनशिपको आयोजना गरिसकेको छ ।

सन् १९९७ र २०१३ मा नेपालमा प्रतियोगिता भएको थियो ।

सन् २०१३ मा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलमा बाङ्लादेशसँग पराजित भएको थियो ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...