नवलपरासीस्थित दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, बसमा सवार ५ जना सकुशल
वि.सं.२०७८ जेठ ५ बुधवार ०९:५९
1.8K
shares
परासी: नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
बसमा सवार पाँच जना सकुशल रहेका छन् ।
बस सडकबाट दुई सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंको माछापोखरीबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना हो ।
दुर्घटनामा ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ ।
बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय चिसापानी अस्पताल र सञ्जिवनी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
वि.सं.२०७८ जेठ ५ बुधवार ०९:५९



















