YouTube Link

म छँदाछँदै अर्को प्रधानमन्त्री कसरी बनाउँला र ?: प्रधानमन्त्री

Facebook Link

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको प्रस्ताव पेश गर्दै आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।

 

विश्वासको मत लिने क्रममा उनले भने, ‘राजनीतिमा कहिले कहिले भनाभन पनि हुँदोरहेछ । कोही साथीले के भन्ने कोहीले के भन्ने अनि मैले पनि अलिअलि भनेहुँला ।’

 

माओवादी केन्द्रले संसद पुन:स्थापना भएको लामो समयसम्म पनि विश्वासको मत कायमै राखेको भन्दै प्रधानमन्त्री ओलीले भने,‘पार्टी अलग भएर पनि विश्वासको मत फिर्ता लिनुभएन । मैले आफैँले विश्वासको मत लिन्छु भनेपछि बल्ल समर्थन फिर्ता लिनुभयो । कुनै दलले विश्वासको मत नदिने निर्णय नै गरेर आएको भएपनि संविधानको धारा १ सय १ को उपधारा १ बमोजिम संसदको विश्वासको मत माग्न चाहन्छु ।’

 

आफ्नो नेतृत्वको सरकारले गरेका काम हेरेर पनि विश्वासको मत दिने आशा रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस सदनले म छँदाछँदै अर्को प्रधानमन्त्री कसरी बनाउँला र ? हुन्न भन्ने पक्षमा कसरी रेजा लगाउन सक्नुहुन्छ । फोन पनि गर्दैन प्रधानमन्त्रीले भनेर अलिअलि रिस थियो, कि ? मैले कामले नभ्याएर हो कसैलाई फोन नगरेको । यस सदनले ३ वर्षभन्दा बढी प्रधानमन्त्रीको हैसियतमा रोष्ट्रममा उभिएको छु । यही सदनको विश्वासले फेरि पनि म रहनेछु ।’

 

संविधानको धारा ७६ (२) अनुसार सरकार बन्नुपर्छः देउवा

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि संसदमा आफ्ना धारणा राख्दै देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकोले संविधानको धारा ७६(२) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरे ।

 

देउवाले ओली सरकार अधिनायकवादी बनेको, गणतन्त्रमाथि खतरा पैदा गरेको कारण विश्वासको मत दिन नसक्ने बताए ।

 

मुलुकका लागि राष्ट्रिय समस्या तपाईं कि मः प्रचण्ड

 

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीका कारण संविधान र पार्टीमाथि संकट सिर्जना भएको बताएका छन् ।

 

मुलुकका लागि राष्ट्रिय संकटको रुपमा आफू की प्रधानमन्त्री केपी शर्मा ओली को हो भनी बहस गर्न आफू तयार रहेको बताए । उनले संसदमा भने- ‘राष्ट्रिय समस्या म हो कि तपाई हो ? बहस गरौं ? म तपाईंसँग बहस गर्न चाहन्छु ।’

 

उनले पार्टीभित्र बहस गर्दा कुन कुरामा कहाँनेर आफूले व्यवधान गरेँ भनी उनले ओलीसँग प्रश्न गरे ।

 

‘मैले व्यवधान गरेको तपाईसँग यसको आधिकारिक र प्रमाणिक जवाफ छ ? तपाईंले वाम गठबन्धनलाई डे वानदेखि तुहाउन लाग्नु भयो भन्ने मेरो आरोप छ,’ उनले भने, ‘पार्टीभित्र विवाद, बहसलाई यो सम्मानित सदनलाई विघटन गरेर न्याय गरेको हो ?’

 

उपत्यकामा अझै १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...