कामिरिता शेर्पाले चढे २५औँ पटक सगरमाथा
वि.सं.२०७८ वैशाख २५ शनिवार ०९:५१
2.2K
shares
काठमाडौं: कामिरिता शेर्पाले २५औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नो कीर्तिमान तोडेका छन् ।
उनीसहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन् ।
सेभेन समिटका अनुसार साँझ ६ बजे उनी सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
शेर्पाले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने टोलीको नेतृत्व लिएका थिए ।
उनले पहिलो पटक सन् १९९४ मा सगरमाथा आरोहण गरेका थिए ।
त्यसबाहेक उनी पाकिस्तानको केटु हिमाल, नेपालकै ल्होत्से, मनास्लु, चोयु हिमाल आरोहण गरिसकेका छन् ।
उनले ८ हजार मिटरमाथिको हिमाल धेरै पटक आरोहण गर्नेमा समेत रेकर्ड बनाएका छन् ।
कामिरिता सहित सगरमाथाको चुचुरोमा पुग्नेमा फुर्तान्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, निङमा टासी शेर्पा, मिङ्गमा टान्जी शेर्पा, फुरा टिसिरिङ शेर्पा, तेन्जिङ शेर्पा, चेतन दोर्जे शेर्पा, फुर्बा छोटार शेर्पा, मिङ्गमा दोर्ची शेर्पा र फुर्बा कुसाङ शेर्पा सगरमाथाको चुचुरोमा पुगेका छन् ।
पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि ४ सय बढी आरोहीले अनुमति पाएका छन् ।
कोरोना भाइरस न्यूनिकरणका लागि ६२ जिल्लामा निषेधाज्ञा जारी, ४३ जिल्ला बढी जोखिममा
वि.सं.२०७८ वैशाख २५ शनिवार ०९:५१



















