शहरी प्रतिदन्द्दी एथ्लेटिको म्याड्रिड माथि रियाल म्याड्रिड दबाब
वि.सं.२०७८ वैशाख १९ आइतवार ११:३२
2.1K
shares
एजेन्सीः स्पेनिस ला लिगा अन्र्तगत शनिवार राति भएको खेलमा रियाल म्याड्रिडले जित हात परेको छ ।
एडर मिलिताओ र क्यासमिरोले एक एक गोल गरेपछि रियाल म्याड्रिड लिगा लिडर एटलेटिको म्याड्रिडसँग दुई अंकले पछि परेको छ ।
सेन्टर ब्याक मिलिताओले ओसासुनाको अवरोधलाई खेलको ७६औ मिनेटमा समाप्त पा¥यो उसले कर्नर किकमा हेड मार्फत गोल गरे ।
ब्राजिलियन मिडफिल्ड क्यासिमिरोले करीम बेन्जेमाको पासलाई सदुपयोग गर्दै पहिलो गोल गरेको चार मिनेट पछि अग्रतालाई दोब्बर बनाए ।
ओसासुना गोलकीपरले पहिलो हाफ निकै उच्चा शक्तिशालि प्रर्दशन गरे खेल बराबरीमा सकियो ।
रियलले दोस्रो हाफमा सुधारिएर खेल खेल्यो ।
दोस्रो हाफमा जित निकाल्दै रियलले शहरी प्रतिद्वन्द्वी एटलेटिकोमा दबाब कायम राख्यो ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ वैशाख १९ आइतवार ११:३२




















