सुर्तीजन्य पदार्थ लगायतका सामानहरूको राजश्व छलि गरी कारोबार गर्ने दुई जना दुई पक्राउ
वि.सं.२०७७ चैत १२ बिहीवार १९:१४
1.4K
shares
काठमाडौं: नेपाल तथा भारतमा उत्पादित सुर्तीजन्य पदार्थ लगायतका सामानहरूको राजश्व छलि गरी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भन्सार छलेर कोटेश्वर एवं कुमारीगाल लगायतका स्थानमा गोदाममा भण्डारण गरी कारोबार गर्ने दुई जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका–२ का ४४ वर्षीय मदन साह रौनियार र भारत छप्रा जिल्ला जेजौली बस्ने ४५ वर्षीय श्रवन कुमार सिंह छन् ।
दुई वटा छुट्टाछुट्टै गोदामबाट १५ लाख ९० हजार बराबरको गोदामबाट आठ लाख बराबरको पान मसला, सुर्ती, राजनिवास, रजनिगन्धा लगायतका सुर्तीजन्य पदार्थ बरामद गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कुमारीगालबाट ८ लाख तथा कोटेश्वरबाट ७ लाख ९० हजार बराबरको सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।
बरामद सुर्तीजन्य पदार्थ र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।
दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन शिक्षा मन्त्रालयको आग्रह
वि.सं.२०७७ चैत १२ बिहीवार १९:१४




















