माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, एमालेमा गएका गृहमन्त्रीसहित २३ नेतालाई कारबाही गर्ने तयारी
वि.सं.२०७७ चैत १ आइतवार ०९:५७
2.2K
shares
काठमाडौं: नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बस्दै छ ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।
आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले माओवादीबाट मन्त्री बनेर अहिलेसम्म फिर्ता नभएकाहरुलाई कारबाही गर्ने तयारी भएको केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
माओवादीले फिर्ताका लागि निर्देशन दिएका मन्त्री र केही सांसदहरुलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाईसकेका छन् ।
माओवादी नफर्कने निर्णय गरेकाहरुलाई केही महत्त्वपूर्ण जिम्मेवारी समेत दिइएको छ । माओवादी केन्द्रले कारबाहीको तयारी गरे पनि उनीहरु फिर्ता नहुने मनस्थितिमा रहेका छन् ।
बैठकमा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार पार्टीको नाम फेर्ने एजेन्डामा पनि छलफल सुरु हुन सक्ने बताएका छन् ।
शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज चैत १ गते केन्द्रीय समितिको बैठक राख्ने तर भोलि चैत २ गते गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने स्थगन गर्ने निर्णय गरेको थियो ।
हेर्नुहोस् तपाईको चैत्र महिनाभरिको राशीफल
वि.सं.२०७७ चैत १ आइतवार ०९:५७




















