त्रिभुवन विश्वविद्यालय शिक्षणमा अस्पतालमा पहिलो पटक ११ महिने बालकको कलेजो प्रत्यारोपण
वि.सं.२०७७ चैत १ आइतवार १०:१०
2.2K
shares
काठमाडौं: त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरिएको छ ।
टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो ।
कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा रमेश सिंह भण्डारी नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो ।
डा भण्डारीको नेतृत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो । प्रत्यारोपण राति १२ बजे सकिएको डाक्टर भण्डारीले बताएका छन् ।
बालकलाई ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिए ।
बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा भण्डारीले बताए ।
पहिलो पटक छोरीले बाबुलाई दिएको कलेजो प्रत्यारोपण गरिएको थियो । टिचिङमा गत वर्ष नै कलेजोको प्रत्यारोपण शुरू भएपनि कोरोना महामारीका कारण रोकिएको थियो ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, एमालेमा गएका गृहमन्त्रीसहित २३ नेतालाई कारबाही गर्ने तयारी
वि.सं.२०७७ चैत १ आइतवार १०:१०



















