प्रदेश २ सरकारले २० हजार ‘बेटी’लाई साइकल बाँड्दै
वि.सं.२०७७ फागुन २४ सोमवार १०:२१
3.1K
shares
जनकपुरधाम: प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी (छोरी) पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ ।
सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययरत छोरीहरूलाई साइकल प्रदान गर्न लागिएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमकी संयोजक प्रियंका यादवले जानकारी दिइन् ।
उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ ।
सोही अनुसार आज अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा साइककल वितरण कार्यक्रम सुरु गर्न लागिएको हो ।
यसअघि आर्थिक वर्ष २०७५/०७६ मा पनि प्रदेश सरकारले प्रदेशमा कक्षा ८ मा अध्ययनरत २० हजार छात्रालाई साइकल दिएको थियो ।
छोरीलाई बढी नै विभेद हुने तथा दाइजोजस्ता कुप्रथाले ग्रस्त तराई–मधेसमा महिलाको अवस्था सुधार्न तथा उनीहरूप्रतिको हेय दृष्टि परिवर्तका लागि प्रदेश सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।
छोरीको सुरक्षा, शिक्षामा विशेष ध्यान दिँदै प्रदेश सरकारले उनीहरूको आत्मबल बढाउन ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान सञ्चालन गरेको हो ।
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै, सर्वोच्चको फैसलामा आधिकारिक धारणा तय गर्ने
आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
वि.सं.२०७७ फागुन २४ सोमवार १०:२१




















