प्रचण्ड-नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन, रामेछाप जिल्लाबाट देवशंकर र टीका माल्बुकेले गरे नेतृत्व
वि.सं.२०७७ माघ २८ बुधवार १२:३५
1.6K
shares
काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।
शीर्ष चार नेता पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेता आज निस्कने पाँच ठाउँको जुलुसको नेतृत्व गरिरहेका छन् ।
आज बिहानबाटै ववरमलबाट निस्केको जुलुसमा रामेछाप जिल्लाबाट देवशंकर पौडेलको नेतृत्वमा एक हजार भन्दा बढी जलुसमा सहभागी रहेको राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य तथा रामेछाप जिल्लाको युवा नेता टीका माल्बुकेले जानकारी दिए ।

वि.सं.२०७७ माघ २८ बुधवार १२:३५




















