एफए कप फुटबलमा साउथह्याम्पटन चौंथो चरणमा प्रवेश
वि.सं.२०७७ माघ ७ बुधवार ०८:५९
1.5K
shares
एजेन्सीः साउथह्याम्पटन एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा श्रुसबरी टाउनलाई २-० गोल अन्तरले पराजित गर्दै साउथह्याम्पटन चौंथो चरणमा पुगेको हो ।
घरेलु मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन डानिल एन लुनडुलु र जेम्स वार्डले एक एक गोल गरे ।
खेलको १७ औं मिनेटमा डानिलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ८९ औं मिनेटमा जेम्सले गोल गर्दै साउथह्याम्पटनलाई २-० को जित दिलाए ।
अब साउथह्याम्पटनले चौंथो चरणमा आर्सनलसँग खेल्नेछ ।
वि.सं.२०७७ माघ ७ बुधवार ०८:५९




















