YouTube Link

आज पाँचौ राष्ट्रिय योग दिवसः ‘गरौं योग डटेर कोरोना जान्छ हटेर’

Facebook Link

काठमाडौं: ‘गरौं योग डटेर कोरोना जान्छ हटेर’ भन्ने नारासहित सप्ताहव्यापी पाँचौ राष्ट्रिय योग दिवस मनाईने भएको छ ।

राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हिमालय क्षेत्रमा प्राचीन योगी ऋषि महर्षीले दीर्घ तपः साधनाको माध्यमबाट प्राप्त योग बिद्या अहिले पनि उत्तिकै नवीन, सान्दर्भिक र जीवन जगतका लागि उर्जाप्रदायक रहेको बताएका छन् ।

‘योग ध्यान र प्रणायामलाई हाम्रो जीवनकला, जीवनशैली र जीवन पद्धति बनाउन सक्यौं भने कोभिड–१९ लगायत धेरै प्रकारका महामारी सामना गर्न सहज बनाउँछ,’ प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्यमा भनेका छन्, ‘जनताको जीवनको सुख ल्याउन हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेका छौं । शारीरिक र मानसिक रुपले स्वास्थ्य र निरोगी नागरिक यसको आधारभूमि हो । त्यसका लागि योग र औषधिजन्य वनस्पतिको प्रयोगलाई हरेक नागरिकको दैनिकीमा जोड्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले योग अभ्यासमा सही ढंगले लाग्न र यस सम्बन्धी खोज, अनुशन्धान गरी तथ्यपरक कुराहरु अगाडि ल्याउन सबैलाई अपील समेत गरेका छन् ।

सरकारले २०७२ सालदेखि राष्ट्रिय योग दिवस मनाउन थालेको हो । अन्तर्राष्ट्रिय रुपमा भने जुन महिनाको २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...