मेष राशीवालाहरुलाई यो महिना शुभ फलदायक रहनेछ । स्वास्थ्यस्थिती राम्रो, चिताएको काम बन्ने, आर्थिक पक्ष बलियो हुने, आँटेका कार्यहरुमा सफलता प्राप्त हुनेछ, समाजमा मानसम्मान प्राप्त हुने । नयाँ जिम्मेवारी वा नयाँ कार्य शुरु हुने योग पनि छ । आफन्त तथा मित्रहरुको साथ र सहयोगले तँपाइलाइ फाइदा पुग्नेछ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यो महिना सावधानी अपनाउनुपर्नेछ । महिना कष्टदायी रहनेछ । स्थान परिवर्तन, भयले सताउने, अपमान हुनसक्ने, स्त्रि तथा सन्तान हानीको सम्भावनाले पिडीत हुनुपर्ने अवस्था आउनसक्छ । स्वास्थ्यमा समस्या आउने तथा मानसिकस्थितीमा ज्यादै परिवर्तन आउने भएकोले सचेतरहनुहोला, आफन्त तथा बन्धुजनसँग मनमुटाव हुने योग भएकोले सजग रहनुपर्नेछ । कठिन परिश्रमबाट मात्र कार्यसिद्धि हुनेछ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यो महिना सूर्यको भ्रमण मिथुन राशीवालाहरुलाई अनुकुल छैन । कार्यक्षेत्र सम्बन्धि धेरै अप्ठयाराहरु आउनेछन् । सरकारी वा प्रशासनिक कष्ट वा दन्ड प्राप्त हुने योग बनेको छ । व्यक्तिहरुसँग मनमुटाव विवाद हुने, मनमा भयले सताउने, स्वास्थ्यमा समस्या आउने तथा उष्णता सम्बन्धि शारिरीक कष्ट हुने योग भएकोले सावधान हुनुहोला, यात्राहरु कष्टकारी हुनेभएकोले सकेसम्म यो महिना भ्रमण नगर्नुहोला, अनियन्त्रित खर्चमाथि ध्यान पुरयाउनुभएको खन्डमा आर्थिक समस्याले सताउने छैन । नजिकका मान्छेले दिने कष्ट, धोखा, रषडयन्त्रबाट भने सचेत रहनुहोला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महिना सामान्य फलदायक रहनेछ । गरेका कार्यहरु सफल हुनेछ न्तर अत्यधिक लाभ भने मिल्नेछैन । अधिक यात्रा तथा भ्रमणहरु हुनसक्नेछन । अजीर्णता, पेट तथा रक्तविकार सम्बन्धि समस्या आउनसक्छ । विषममार्गमा हिँडनुपर्ने वा पत्निलाई कष्टपर्ने अवस्था आउनसक्ने योग छ । विद्यार्थीहरुलाई मेहनत अनुसारको फल प्राप्ति हुनेछ । कुनैपनि नयाँ कार्य शुरु गर्नुअघि सोचविचार गरेर योजना बनाएर मात्र शुरुगर्नुहोला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महिना शुभ फलदायक रहनेछ, सरकारी जागीर वा अन्य जागिर खोजिरहनु हुनेहरुले सफलता पाउने योग छ । कानूनी विवादमा हुनेहरुको पक्षमा फैसला आउँछ । स्वास्थयमा भने विशेष ख्यालगर्नुपर्नेछ । शत्रुजनित पीडाबाट मुक्ति पाइनेछ । गरेका कार्यहरु सफल हुनेछन ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशीकाको लागि परिवर्तनमूलक महिनाको रुपमा रहनेछ । कुनै यथोचित पद प्रतिष्ठा वा स्थान प्राप्त हुनसक्नेछ । शत्रुजनित पीडाबाट चाँहीबच्नुपर्नेछ, स्वास्थ्यको दृष्टिले यो महिना राम्रो छैन, सन्तानहरुलाइ कष्टपर्ने, भाइहरुसँग मतभेद हुनसक्ने, कार्यक्षेत्रमा झमेला तथा अवरोध आउने तथा मनमा चिन्ता पर्ने सम्भावनाछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थयको दृष्टिले तुला राशीहरुले यो महिना महत्वपूर्ण रहनेछ, सानोतिनो रोगव्याधि भनेर हेलचेक्रयाइ नगर्नुहोला । अचल सम्पत्तिको विषयले कष्टपाइने, दुर्घटना वा घाउचोटपटक लाग्नसक्ने भएकोले सचेतरहनुपर्नेछ, विवाद, मनमुटाव र झगडाको स्थितीबाट भने यो महिना बच्नुहोला ।
वृश्चिक राशीहरुलाई यो महिना सूर्यको राशी परिवर्तन शुभ फलदायक रहनेछ । कार्यक्षेत्र, विजनेस आदिसँग सम्बन्धित यात्राहरु ज्यादै लाभदायक हुनेछन, नोकरीको क्षेत्रमा अधिकार वा पदको प्राप्तिको योग बनेकोछ, धनलाभहुने, मानसिक तथा पारिवारिक सुख पाइने, उत्तम स्वास्थयस्थिती रहने तथा पितासँग राम्रो सम्बन्ध बन्ने वा लाभ मिल्ने योग बनेको छ, सन्तानहरुप्रति लगाव र आत्मियता बढने, शत्रुहरु नाश हुने तथा भाग्यको सहयोग पाइने खालको महिना छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशीवालाहरुलाई सूर्यको गोचरले यो महिना अलि चिन्तित बनाउनसक्नेछ, पारिवारिक विवाद वा संकट बढने, व्यापारव्यवसायमा धेरै समस्याहरु आउने, धन तथा सुखमा कमी आउने, परिवारमा कसैलाई संकटपर्ने अथवा आँखा सम्बन्धि समस्याहरु उत्पन्नहुनसक्ने, बोलिवचन कठोर हुनसक्ने वा रिस उठिरहने वा झर्को लागिरहने हुनसक्छ । गरेका कार्यहरुमा बाधा व्यवधान आउने भएकोले सावधान रहनुहोला ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशीवालाहरुलाई यो महिना मिश्रित परिणाम प्राप्त हुनेछ । शारिरिक थकावट, स्वास्थ्य हानी, पेट सम्बन्धि समस्या आउने, झर्को लागिरहने, धन हानी हुने, ईच्छाको विरुद्ध यात्रा वा भ्रमण हुनसक्ने योग पनि छ । दाम्पत्य जिवन तथा व्यापारव्यवसायमाको हकमा भने परिणाम शुभ फलदायक हुनेछ ।
कुम्भ राशी हुनेहरुलाई यो महिना मध्यमखालको रहनेछ, खराब व्यक्तिहरुलाई खराब फल र असल व्यक्तिहरुलाइ असल परिणाम दिने खालको महिना छ, सरकारी जागीरको लागि वा अन्य कुनैपनि नोकरीसँग सम्बन्धित तयारी गरिरहनुभएको छ भने सोचेअनुसार नै काम बन्नेछ, शत्रुहरु कमजोर हुनेछन् , यात्रा, भ्रमण आदिहरु गर्नुपर्ने अवस्था आउनसक्छ अथवा कामको धपेडि पर्नसक्छ, गरेका आँटेका कार्यहरुमा व्यवधान आउन सक्ने तथा धनको अपव्यय हुने सम्भावना भएकोले सावधान रहनुहोला, अनियन्त्रित खर्च र आँखा सम्बन्धि चाँही विशेष सर्तकरहनुहोला ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशीवालाहरुलाई सूर्यको भ्रमणले माघ ज्यादै लाभदायक फलदिने छ । कसैलाई उधारोदिनुभएको छ भने फिर्ता आउने योग बनेको छ, कसैबाट भौतिक वा अभौतिक उपहार वा खुशी प्राप्तहुनेछ, सरकारी क्षेत्रमा भइरहेका प्रयासहरु सफल हुनेछन् । धनलाभ, स्थानलाभ, रोगहरुबाट मुक्ति, यात्रा वा भ्रमणकोस्थिती पनि बन्नसक्छ, ठूला कार्यहरु सफलहुनेछन्, स्वास्थयस्थिती उत्तम रहनेछ, रमाइलो जमघट वा खानपानमा सम्मिलित हुनुको साथै यश, मानसम्मान कदर पाइने योग आएको छ । समग्रमा भाग्यले साथदिने महिना छ ।