म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा, टोटेनहमसँग प्रतिस्पर्धा गर्ने
वि.सं.२०७७ पुस २३ बिहीवार ०९:१८
1.5K
sharesएजेन्सीः म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा पुगेको छ ।
गएराति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडलाई २-० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो ।
ओल्ड ट्राफोर्डमा सिटीलाई जित दिलाउन जोन स्टोन्स र फर्नान्डिन्होले एकएक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५०औँ मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
८३औँ मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई २-० को जित दिलाए । अब सिटीले उपाधिका लागि टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ ।
वि.सं.२०७७ पुस २३ बिहीवार ०९:१८




















