YouTube Link

साँढेका लागि जिन्दगी भर बिहे नगर्ने यी महिला

World Cup 2026
Facebook Link

विवाह सबै मानिसका लागि जीवनमा जरुरी नहुन सक्दछ, तर यो एउटा महत्वपूर्ण हिस्सा भने हो । तर दुनियाँमा केही मानिस यस्ता हुन्छन् जो आफ्नो उद्देश्य पूरा गर्नका लागि जीवनभर अविवाहित रहन्छन् ।

भारतमा एकजना महिलाले साँढेको लागि जीवनभर बिहे नगर्ने अठोट लिएकी छन् ।

तमिलनाडुकी ती महिलाको जीवनमा एउटा साँढे यस्तो जवरजस्त प्रवेश गरेको छ कि त्यसले ती महिलालाई बिहे नगर्ने फैसला गर्न बाध्य बनाएको छ ।

४८ वर्षीया सेल्भरानी नामकी ती महिला तमिलनाडुको मदुरे गाउँमा बस्दछिन् । उनको मनमा सानै उमेरदेखि नै एउटा साँढे पाल्ने सोच थियो । स्मरणरहोस् तमिलनाडुमा हुने जल्लीकट्टु नामक पर्वका बेला भीडमा साँढे दौडाइन्छ । सेल्भरानीलाई एउटा बडेमाको साँढे पालेर आफ्नो साँढेले उपाधि जितोस् भन्ने चाहना थियो । त्यहीँ चाहना पूरा गर्न उनले कहिल्यै बिहे गरिनन् र एउटा साँढे पालेर बसिन् । साँढेको देखभालका लागि उनले आफ्नो पारिवारिक सुख त्याग्ने फैसला गरेकी हुन् ।



उनले आफूले पालेको साँढेको नाम रामु राखेकी छिन् । उनले त्यो साँढेको हेरचाह मात्र होइन मजदुरीसमेत गरेर गुजारा गर्दै आएकी छन् । स्थानीय रुपमा हरेक वर्ष हुने जल्लीकट्टुलगायतका खेलमा रामुले पाँच वर्षदेखि लगातार उपाधि जित्दै आएको छ । उपाधि जितेपछि रामुले पुरस्कारको रुपमा घरेलु सामान, महिलाका साडी तथा सुनका सिक्कासमेत पाउने गर्दछ ।

बलियो साँढे रामुप्रति नलोभिने मानिस कमै छन् । धेरै मानिसले मोटो रकम अफर गरेर उनीसँग साँढे बेच्न पनि आग्रह नगरेका होइनन् । तर सेल्भरानीले रामु बेच्न अस्विकार गर्दै आएकी छन् ।
एजेन्सी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...