YouTube Link

यमनको विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी आक्रमण, २२ जनाको मृत्यु

Facebook Link

एजेन्सीः यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

यमनको दक्षिणी शहर अदनस्थित विमानस्थल नजिकै भएको विष्फोटमा परि कम्तिमा २२ जनाको मृत्यु भएको छ, ५० भन्दा बढी घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरुका आुसार नयाँ सरकारका सदस्यहरु लिएर साउदी अरवबाट आएको विमान जव विमानस्थलमा अवतरण भयो त्यतिबेलै ठूलो आवाजसहितको विष्फोट भएको हो ।

विष्फोटमा मारिने मानिसहरु विमानस्थलका सहायक कर्मचारीदेखि अधिकृतसम्म थिए । प्रधानमन्त्री अब्दुल मल्लिक सइदले भनेका छन् कि उनी र उनका मन्त्रिमण्डल सुरक्षित छ ।

सूचनामन्त्रीले यो आक्रमणको जिम्मेदार हुती बिद्रोही समूह भएको भन्दै यसलाई कायरतापूर्ण चरमपन्थी आक्रमण गरेका छन् ।

सूचनामन्त्री इरियानीले ट्वीट गरेका छन्, ‘हामी सबैलाई यो निश्चित बनाउन चाहन्छौं कि सबै मन्त्रिपरिषद सदस्य सुरक्षित हुनुहुन्छ र विमानस्थलमा इरान समर्थित हूती बिद्रोहीको चरमपन्थी हमलाले हाम्रो जिम्मेबारीमा कुनै आँच आउने छैन । हाम्रा जीवन अन्य यमनीको तुलनामा अधिक मूल्यावान हुने छैन ।’

नयाँ मन्त्रीहरुको स्वागतका लागि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । विष्फोटको आवाजसहितको मुस्लो आएसँगै सबै तितरवितर भए । केहि समयपछि त्यहाँ गोली चलेको आवान पनि सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यमनको समाचार वेवसाइट अल मसदरका अनुसार विष्फोटमा परि श्रम मन्त्रालयका एकजना सहसचिवको मृत्यु भएको छ । युवा तथा खेलकुद मन्त्रालयका उपमन्त्री मोनेर अल वजिह, यातायात उपमन्त्री नसिर सरिफ लगायतका मानिसहरु घाइते भएका छन् ।

प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यलाई विशेष सुरक्षा घेरामा राखिएको थियो र सुरक्षित बाहिर निकालिएको थियो ।

 

 हेर्नुहोस् बीबीसीको यो भिडियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...