आज उपलब्धि कम हुने खालको दिन छ, दिनलाइ अनुकुल बनाउन आफनो वरिपरिको अवस्था र परिस्थितिलाइ नियाल्नुहोला, केहि पारिवारिक तथा घरेलु कुराहरु मै व्यस्तरहनुपर्ने अवस्था आउन सक्छ, थाँती रहेका कतिपय कुराहरुलाइ बेलैमा समापन गर्नतिर ध्यान दिनुभयो भने मानसिक खिन्नताले सताउने छैन, खर्च माथि नियन्त्रण राख्दै आलस्य वा थकानबाट जोगिनुपर्ने दिन छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स-साना उपलब्धिहरु प्राप्त हुने खालको दिन छ, उत्साहले मन प्रसन्न रहनेछ, विगतदेखि नै प्रयास गरिरहनुभएको छ भने नयाँ काम शुरु हुने अथवा नयाँ सम्बन्धहरु बन्ने योग छ । मिठो खानपान वा जमघटमा रुचि जाग्न सक्छ, अति आवश्यक कार्यहरुमा तँपाइले केही बाधा आएको महसुस गर्नुहुनेछ तरपनि अन्य कसैलाइ दोष नदिइ आज शान्त भएर बस्नु भएमा दिन सुखद रहने छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
यदि तँपाइ आफ्नो वेअफ लाइफ अथवा वरिपरिको मोनोटोनस र रुटिन वातावरणलाइ बदल्न चाहानुहुन्छ भने आजको दिन उत्तम छ, आज नयाँ विचार र भावनालाई प्रस्तुत गर्नुभएको खन्डमा फराकिलो उपस्थिती स्थापित हुने तथा चिताएको प्राप्त हुने योग छ, तँपाइका शत्रुहरु आज निराश हुनेछन्, समग्रमा दिन राम्रो छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समय अनूकूल छैन । बेलुकासम्ममा तनावले ग्रस्त बनाउन सक्छ, बिनाकारण झगडा हुने, अथवा आरोप लाग्ने सम्भावना छ । कुटुम्ब अथवा नजिकको मान्छेसँग कष्ट वा मतभेद हुनसक्छ, राज्यको तर्फबाट परेशानी हुनसक्ने वा पदप्रतिष्ठामा धक्का लाग्ने सम्भावना रहेकोले सचेतहुनुहोला, व्यापार व्यवसायमा साझेदारसँग स्वार्थहरु बाझिनाले तथा आर्थिक विषयमा मतैक्यता नरहनाले दिन नरमाइलो रहनसक्छ, तसर्थ समय र परिस्थिीतीको सही विश्लेषण र सुझबुझ नै आजको उत्तम उपाय हुनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समय राम्रो छैन । तँपाइको भनाइ र गराइले वरिपरिका व्यक्तिहरुको चित्त दुख्न सक्दछ, अप्रत्यासित प्रतिकूल घटनाहरु हुने योग छ, मनमा केही कुराको डरले सताइरहने, पारिवारीक समस्या बल्झने, दुर्घटना वा चोट लाग्नसक्ने, बनिसकेको काम विग्रने योग भएकोले सावधानी अपनाउनुहोला, धनमाल आदि नोक्सान हुने, महँगो चिज बिग्रने वा हराउन सक्ने सम्भावना रहेकोले सचेत रहनुहोला, शारिरिक कष्ट, रोग, चिन्ता, धनहानी, विवाद र झगडा आदि जस्ता अनिष्ट फल पनि प्राप्त हुन सक्छन ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन राम्रो छ । धनलाभ, वाहन सुख, वैवाहिक सुख, आदर सत्कार र सम्मानको योग, उत्तम भोजन सुख, व्यापारिक फाइदा, व्यवसाय तथा कार्यालयमा रोकिएको कार्यहरु बन्नेछ पार्टनरशीपमा व्यवसाय गर्नलाई राम्रो समय छ, प्रेम तथा दाम्पत्यको क्षेत्रमा सुखद अवसर प्राप्त हुने र भोगविलासिताको साथै मनोरन्जनमा मन जान सक्छ, आफ्नो स्रोत, शक्ति र विद्धतालाइ सही कुरामा खर्च गर्नुभएको खन्डमा भविष्यमा ठूलो लाभ प्राप्त हुनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन रमाइलो रहनेछ आँटेको काम पुग्ने, रोग तथा शत्रुमाथि विजय प्राप्त हुने, पारिवारिक, सामाजिक तथा आर्थिक पक्ष बलियो हुन, अध्ययन, अध्यापन तथा कर्म क्षेत्रमा सोचेको कुरा हुने सम्भावना छ, व्यापार व्यवसायीहरुलाइ ऋण प्राप्त हुने, मुद्दा मामिला लगायत कुनै कानूनी झमेला छ भने आज समाधान तर्फ प्रयास गर्नुहोला, राम्रो दिन छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कुटुम्ब वा सहकर्मीहरु माझ असमझदारी आउने सम्भावना छ, आयमा बाधा, शोक कष्ट पर्नसक्ने, मन अशान्त हुने, कार्यमा विध्न बाधा व्यवधानहरु आउने । ईष्या गर्नेहरुले दुख दिनसक्ने, सोचेको आँटेको काम पुरा नहुने, बिनाकारण अलमलिने खालको समय छ, यात्रा वा सवारीसाधन चलाउँदा ध्यानदिनुहोला, सन्तानको तर्फबाट चिन्ता पर्नसक्छ । सबै प्रकारका विवादबाट भने आज टाढा बस्नुहोला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समय अनूकुल छैन, मानसिक तनाव बढनसक्ने, आर्थिक हानी, व्यवसाय हानी, रोजगार तथा कर्मक्षेत्रमा गतिरोधको अवस्था छ, गरेका कामहरु सफल हुन निकै प्रयास गर्नुपर्ने देखिन्छ, आफन्तहरुसँग विवाद वा झमेला हुनसक्ने, मनस्थिर नरहने, स्वास्थ्यमा समस्या आउनसक्ने देखिएकोले सावधान रहनुहोला, लगानीलाइ समय अशुभ छ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन राम्रो रहनेछ । धनलाभ, कार्यमा सफलता, वस्त्र तथा अन्य विलासि सामाग्रीको प्राप्ति वा खरिद, मानसम्मानमा वृद्धि, शारिरिक आरोग्यता प्राप्ति, मन प्रसन्न हुने, दाम्पत्य जीवनमा सुख, मित्रसुख, विरोधीहरु परास्त हुनेछन्, कर्मक्षेत्रमा सफलता पाइने, छोटो दुरीको भ्रमण हुनसक्ने । नयाँ रोजगार नयाँ लगानी अथवा नयाँ व्यापारव्यवसायको शुरुवात गर्नको लागि दिन उत्तम छ, प्रयास गर्नुहोला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सुख र आनन्द प्राप्त हुने दिन छ, सचेत हुनुपर्नेछ । मानसिक असन्तोष बढने, व्यर्थको श्रम, अनावश्यक खर्च, धन हानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नुपर्ने । मनमा गलत विचारहरु आउने । आफन्त बन्धुबान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, विश्वास गरेकाहरुले धोका दिन सक्नेछन्, शारिरिक पीडा, चोटपटक दुर्घटना आदिको योग रहेकोले सावधानी अपनाउनुहोला, व्यवसायमा बाधा छ, लगानीलाई समय प्रतिकूल छ, खानपानको गडबडीले स्वास्थ्य समस्या आउनसक्छ । दाम्पत्य जीवनमा मनमुटाव हुने । प्रेम सम्बन्धको लागि समय ठीक छैन ।घटना हुन सक्छन, रोग व्याधिबाट छुटकारा, उत्तम भोजन, वस्त्र र शयन सुख प्राप्त हुने, धन तथा उपहार प्राप्ति, आर्थिक लाभ, आदर सत्कारको साथै मित्रहरुको सहयोग पाइने, स्त्रि वर्गसँग समय रमाइलोमा बित्ने योग छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दिन राम्रो छ । भाग्यले साथ दिनेछ । धन तथा आर्थिक विषयमा सकारात्मक लाभ र प्राप्तिले तँपाइको मनोबलमा बृद्धि हुनेछ । आँटेको कार्यमा सफलता । कतैबाट वस्त्र, उपहार वा नसोचेको वस्तु प्राप्त हुने । उत्तम तथा मिष्ठान भोजनमा रमाइने । मित्र तथा बन्धुहरुबाट सुख मिल्ने, शत्रुमाथि विजय, सन्तान पक्षबाट सुख । रोग र ऋणबाट राहत प्राप्त हुनलाइ आज दिन राम्रो छ । अध्ययन अध्यापन तथा प्रेमप्रसंगको लागि दिन शुभ रहनेछ ।