कञ्चनपूरमा १ हजार बिगाहा क्षेत्रफलमा शुक्खा बन्दगाह बन्ने
वि.सं.२०७७ कात्तिक १६ आइतवार १६:३८
2.4K
shares
काठमाडौं: कञ्चनपूरमा १ हजार बिगाहा क्षेत्रफलमा शुक्खा बन्दगाह बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा स्थापना गर्ने भनेको सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा गर्नु भएको हो ।
यसअघि दोधारा–चाँदनी कन्जभोजमा सुख्खा बन्दरगाह निर्माण गर्ने भनिएको पनि केही प्राविधिक कारणले त्यहा स्थगित गरेर महाकाली नगरपालिका–१ मा रहेको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा रहेको १ हजार बिगाहा क्षेत्रफलमा सुख्खा बन्दरगाह निर्माण हुने मन्त्री भट्टको भनाई छ ।
महाकाली नदीमा निर्माण भइरहेको पुल, सुख्खा बन्दरगाह सोझै भारतको राष्ट्रिय राजमार्गसँग जोडेर नाकाका रुपमा विस्तार गर्ने गरेर भारत सरकारसँगको समझदारीमा परियोजना अघि बढाइएको हो । सुख्खा बन्दरगाह क्षेत्रको घोषणा गर्दै मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको रुपमा देशभर चार स्थानमा निर्माण गर्ने लक्ष्यका साथ कञ्चनपुरबाट शुरु गरिएको बताए ।
वि.सं.२०७७ कात्तिक १६ आइतवार १६:३८



















