नेपाल इन्भेस्टमेन्ट बैंकको दुई नयाँ एक्सटेन्सन काउन्टर विस्तार
वि.सं.२०७७ कात्तिक ४ मंगलवार १४:४०
1.6K
shares
काठमाडौं: नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले भक्तपुरको शुकुलढोका र माच्छेगाउँ, चन्द्रागिरी वडा न ९ मा दुई नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
शुकुलढोका एक्सटेन्सन काउन्टरको उद्घाटन एनआईबीएलका उप महाप्रबन्धक विजेंद्र सुवालले गर्नु भएको हो । त्यस्तै, माच्छेगाउँ एक्सटेन्सन काउन्टरको उद्घाटन संयुक्त रुपमा कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रान्त प्रमुख बरुन श्रेष्ठले गर्नु भएको हो ।
नवस्थापित एक्सटेन्सन काउन्टरहरूले ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने साथै वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
एनआईबीएलले ८३ शाखा, १२५ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखाविहीन बैंकिंग काउन्टरबाट ग्राहकलाई सहयोग पुर्याइरहेको छ।
वि.सं.२०७७ कात्तिक ४ मंगलवार १४:४०



















