कोरोना सन्त्रास: विश्वमा ११ लाख भन्दा बढीको मृत्यु, ४ करोड संक्रमित
वि.सं.२०७७ असोज ३० शुक्रवार १०:२९
1.8K
shares
काठमाडौं : छिमेकी मुलुक चीनको वुहान राज्यबाट शुरु भएको कोभिड-१९ अर्थात कोरोना भाईरसका कारण मृत्यु हुने विश्वभर गरेर ११ लाख नाघिसकेको छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आज शुक्रबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ लाख २ हजार ८४४ पुगेको जनाएको छ ।
त्यस्तै कोरोना संक्रमित ४ करोड नजिक पुगिसकेको छ । अहिलेसम्म ३ करोड ९१ लाख ५८ हजार २०९ पुगेको वर्ल्डो मिटर्समा उल्लेख छ । यस्तै कुल सङ्क्रमितमध्ये दुई करोड ९३ लाख ७६ हजार बढी उपचारपछि घर फर्किएका छन् ।
यो २४ घण्टाभित्र विश्वभर ३ लाख ९८ हजार बढी नयाँ संक्रमित भए भने ६ हजार १ सय १० जनाको मृत्यु भएको छ । त्यस्तै २ लाख ५० हजार डिस्चार्ज भएका छन् ।
वि.सं.२०७७ असोज ३० शुक्रवार १०:२९



















