देशभर कोरोना संक्रमितको संख्या ९८,६१७ पुग्यो
वि.सं.२०७७ असोज २२ बिहीवार १७:११
1.3K
shares
काठमाडौं: देशभर पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ।
देशभर १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ३ सय ६४ जनालाई संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर २४ घण्टामा २ हजार ६ सय ७५ जना सहित डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ । कुल संक्रमित मध्ये ५९० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ असोज २२ बिहीवार १७:११




















