नेपालमा कोरोना संक्रमितको संख्या ५०,४६५ जना पुगयो
वि.सं.२०७७ भदौ २५ बिहीवार १६:५१
1.7K
shares
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप १,२४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १,२४६ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा थप १ हजार ८ सय १८ जना सहित नेपालमा हालसम्म ३५ हजार ७ सय जना उपचारपछि निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ छ । ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४३८ होम आइसोलेसनमा छन्।
नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जना सहित ३ सय १७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ भदौ २५ बिहीवार १६:५१



















