पूर्व पश्चिम रेलमार्गको विवादित ठेक्का स्थगित
वि.सं.२०७७ भदौ २३ मंगलवार १०:०४
1.6K
shares
काठमाडौं: पूर्व पश्चिम रेलमार्गको ट्रयाकबेड काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ ।
रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै असार १३ र १७ गते आह्वान गरिएको ठेक्काको सबै प्रक्रिया तोडेको जनाएको हो ।
विभागले ठेक्काको क्लज नम्बर ३७.१ को सेक्सन १ बमोजिम ठेक्का प्रक्रिया रद्द गरेको जनाएको छ ।
रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो ।
जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको थियो ।
जग्गा अधिग्रहण पनि नगरी हतार-हतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ ।
वि.सं.२०७७ भदौ २३ मंगलवार १०:०४




















