कोरोना भाईरस न्यूनिकरणका लागि निषेधाज्ञा जारी गर्नेसम्मको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई
वि.सं.२०७७ भदौ २ मंगलवार १८:३०
1.4K
shares
काठमाडौं: नेपाल सरकारले कोभिड-१९ न्यूनिकरण तथा उपचारका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्लाभरि वा जिल्लाको कुनै भागमा आवश्यकता अनुसार निषेधाज्ञा जारि गर्ने जिम्मा स्थानीय प्रशासनलाई दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई अधिकार सुम्पने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।
निषेधाज्ञा जारि गरिएको क्षेत्रका सरकारी तथा सार्वजनिक कार्यालयमा न्यूनतम कर्मचारीबाट काम गराउनुपर्ने र अन्य कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाउनुपर्ने खतिवडाले बताए ।
वि.सं.२०७७ भदौ २ मंगलवार १८:३०




















