देशभर कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुग्यो
वि.सं.२०७७ साउन २६ सोमवार १७:५६
2.2K
shares
काठमाडौं: सोमबार काठमाडौं उपत्यकामा ४४ कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना कोरोना संक्रमित देखिएका छन् । आज थपिएका सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ११८० पुगेको छ।
काठमाडौंमा ९ सय ४८, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका छन्।
आइतबार देशभर ३ सय ३८ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको सख्ंया २३ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ साउन २६ सोमवार १७:५६



















