सडकमा निशुल्क मास्क बाड्दै जिल्ला प्रशासन कार्यालय
वि.सं.२०७७ साउन १४ बुधवार १६:४५
2.1K
shares
रामेछाप: रामेछापका नागरीकहरुलाई मास्क लगाउन बानी पार्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय रामेछापले आज मन्थली बजारमा निशुल्क मास्क वितरण गरेको छ ।
कोरोना संक्रमण बढ्दै जान थालेपछि रामेछाप जिल्लामा मास्क वितरण कार्यलाई अभियानका रुपमा शुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।
कोरोना रोकथामका लागि मास्कको प्रयोग राम्रो मानिएकाले रामेछाप जिल्लामा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, नागरीक स्तरका संघ संस्था तथा सरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा यो अभियान शुरु गरिएको हो ।
कोरोनाको संक्रमण बढ्दै जान थालेको भएपनि नागरीकहरु मास्कको प्रयोग विना नै सडकमा हिड्ने तथा सार्वजनिक स्थलहरुमा जमघट हुन थालेपछि सरकारले मास्कको प्रयोगमा सचेतना ल्याउने उदेश्यले अभियान शुरु गरेको हो ।
अभियान अन्र्तरगत पहिलो चरणमा र्याली तथा मास्क वितरण गरिएको र यसपछि पनि जानी जानी मास्क लगाउन अटेर गर्नेलाई कारवाहि गरिने प्रशासनले जनाएको छ ।
वि.सं.२०७७ साउन १४ बुधवार १६:४५




















