पर्यटक सरकारको निगरानीमा, बन्यो अनलाइन ट्र्याकिङ सिस्टम
वि.सं.२०७७ असार ३० मंगलवार १८:४६
1.1K
shares
काठमाडौं: सरकारले नेपाल आउने पर्यटकको निगरानीका लागि तयार पारेको अनलाइन ट्रयाकिङ सिस्टमको सफल परीक्षण गरेको छ ।
अनलाइन ट्रयाकिङ सिस्टमले पर्यटक विमानस्थलबाट होटेलमा चेक-इन भई अनलाइन माध्यम प्रयोग गरी गर्ने हरेक गतिविधिलाई आफ्नो संयन्त्रमार्फत निगरानी गर्न सक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
यस प्रणालीले पर्यटकको यात्रा इतिहास पत्ता लगाउन, सम्भावित नकारात्मक गतिविधिको निगरानी गर्न, प्राकृतिक प्रकोप, हिमपातजस्ता आपतिकालीन अवस्थामा उद्धार गर्न र पर्यटकको सुरक्षा अभिवृद्धिमा ठूलो सहयोग पुग्ने छ ।
कोरोना भाइरसको महामारीको समयमा नेपाल आएका पर्यटकको निगरानीका लागि विकास गरिएको यो प्रणाली प्रयोग गरि ३५ जना पर्यटकको निगरानी गरिएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ असार ३० मंगलवार १८:४६




















