Texas College
YouTube Link

राजेन्द्र थापद्वारा लिखित कथासङ्ग्रह “फिर्ता चाहियो” सार्वजनिक

Facebook Link

काठमाडौं: साहित्यकार तथा गीतकार राजेन्द्र थापाद्वारा लिखित कथासङ्ग्रह “फिर्ता चाहियो” सार्वजनिक गरिएको छ । राजधानीको भृकुटीमण्डपस्थित मेहन्द्र पुलिस क्लवमा चलिरहेको पुस्तक मेलाका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

वरिष्ठ साहित्यकार वैरागी काइँला, वरिष्ट साहित्यकार यादव खरेल, गीतकार एस्.पी. (शंकरप्रसाद) कोइराला, पत्रकार तथा कवि बसन्त बस्नेत, साहित्यकार हरिमाया भेटवाल, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल, सोही पुस्तकका लेखक राजेन्द्र थापालगायतले कथासङ्ग्रह “फिर्ता चाहियो” सार्वजनिकरण गरेको हो । साहित्यिक तथा सांगितिक प्रस्तुतिसहित भएको कार्यक्रममा लेखक तथा गीतकार राजेन्द्र थापाद्वारा लिखित हालका चर्चित गीतहरु गायक गायिकाद्वारा प्रस्तुत गरी कार्यक्रमलाई रोचक र संगीतमय बनाइएको थियो ।

पुस्तकमाथि बौल्दै वरिष्ठ साहित्यकार वैरागी काइलाले राजेन्द्र थापाका छोटा र मिठा कथाबाट आफू सधैँ प्रभावित भएको बताउँदै शुभकामना व्यक्त गरे । यसैगरी शुभकामना दिँदै वरिष्ठ साहित्यकार यादव खरेलले राजेन्द्र थापा हरेक विधामा कलम लगाएर सबै विधामा सफल भएको उल्लेख गरे । शुभकामना दिने क्रममा एस.पी. कोइराला (शंकरप्रसाद कोइराला) ले थापाका गीत जति राम्रा र सफल छन् त्यस्तै कथा पनि त्यतिकै सफल पाठकको मन जित्ने रहेका भन्दै शुभकामना दिएका थिए ।

पुस्तकको समिक्षा गर्दै पत्रकार तथा कवि वसन्त बस्नेतले राजेन्द्र थापा धेरै विषयमा सफल हुनुभएको उल्लेख गर्दै थापाको लेखन शैली सरल, सहज र प्रभावकारी भएको बताउँदै यस पुस्तकले सहज रुपमा पाठकहरुको मन जित्न सक्ने उल्लेख गरे । कथासङ्ग्रह “फिर्ता चाहियो” शिखा बुक्सले बजारमा ल्याएको हो भने वितरकमा ज्ञानज्योति बुक्स पब्लिकेसन रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...