YouTube Link

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउने सरकारको निर्णय, भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका तोकियो

Facebook Link

काठमाडौं: सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र ल्याउने सरकारले निर्णय गरेको हो । स्थलमार्ग हुँदै आउनेका लागि भने २० वटा नाका तोकिएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको हो । बैठकमा कुन कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना पेश गरिएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वस समितिको बैठकले प्राथमिकताको आधारमा उनीहरुला स्वदेश फर्काउने निर्णय गरिएको बताईएको छ । आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई फर्काइने छ । यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोना बाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्त रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई स्वदेश फर्काउने फर्काईनेछ । यस्तै सरकारी सेवामा रहि तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्नेछ ।

त्यसरी ल्याइनेहरुलाई नेपाली वायु सेवा कम्पनीहरुबाट ल्याइने छ । नेपाली वायु सेवाले नभ्याएको अवस्थामा अरु विदेशी वायु सेवाहरुबाट पनि ल्याइनेछ । भारतसहित विभिन्न देशबाट करिब १३ लाख नागरिक स्वदेश फर्किने आंकलन सरकारले छ । स्वदेशबाट फर्किएकाहरुलाई दुई सातासम्म काठमाडौंमै राखेर मात्र आ–आफ्नो जिल्ला पठाइने भएको छ । त्यसका लागि काठमाडौं होटलहरुमा उनीहरुलाई राखिने छ । यद्यपि, काठमाडौंमा क्वारेन्टाइनमा राख्न दुई थरी व्यवस्था गरिने जनाइएको छ । होटल क्वारेन्टाइनमा बस्न चाहनेले १४ दिनसम्म होटलमा बस्नुपर्नेछ भने कुन होटलमा बस्ने भन्ने उनीहरुले पहिलेनै बुक गर्ने व्यवस्था मिलाइने छ । होटल क्वारेन्टाइनमा बस्दाको खर्च व्यक्ति आफैंले ब्यहोर्नुपर्नेछ । उनीहरुले १४ दिन क्वारेन्टाइनमा बिताएर कोरोना परीक्षणपछि मात्र घर जान पाउनेछन् । सार्वजनिक क्वारेन्टाइनमा व्यवस्था पनि मिलाइने छ ।

यसैगरी बैठकले भारतमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन २० वटा नाका तोकेको छ । बैठकले १२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजिकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका तोकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सरकारले तोकेका २० वटा नाकाहरूमा पशुपतिनगर (इलाम), काकडभिट्टा (झापा), रानी (मोरङ), कुनौली (सप्तरी), ठाडी (सिराहा), माडर (सिराहा), भिट्टामोड (महोत्तरी), मंगलवा (सर्लाही) रेहका छन् ।

यसैगरी, गौर (रौतहट), वीरगञ्ज (पर्सा), महेशपुर (बारा), बेलहिया रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर (बर्दिया), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुला नाका रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...