YouTube Link

‘राई जाति नाम’को “किराती” लेख्नुको कारण

Facebook Link
vision

१. प्रारम्भ

संश्लेषणमा, किराती समुदायभित्रको “राई चिनारी” किपटकालको एक प्रशासकीय ओहदा थियो । जस्तो कि लिम्बुको सुब्बा, याक्खाको देवान तथा सुनुवारको मुखिया ओहदा थियो । तर लिम्बुले सुब्बा, याक्खाले देवान तथा सुनुवारले मुखियाको ओहदालाई सहायक स्तरमा मात्र व्यवहार गरे भने खम्बुहरुले चाहिँ राई पदावलीलाई प्रमुख स्थान दिन पुगे । आज पर्यन्त राज्यका प्रशासकीय ओहदामा “सुब्बा” र “मुखिया” यथावत् छन, तर “देवान” र “राई” भने छैनन । पूर्वमा यी ओहदाहरुको ब्यवस्थित प्रशासकीय अभ्यास पृथ्बीनारायण शाहको गोर्खा बिजय पश्चात नै भएको हो । तर, श्रृष्टिकर्ता नै पृथ्बीनारायण शाह भन्ने प्रचार चाहिँ सरासर गलत हो, भनिरहनु पर्दैन ।

२. सामान्य ऐतिहासिक आधार

श्री इमानसिंह चेम्जोङ नै नेपाली आदिवासीवारे सामान्यत: र किरातीवारे मुख्यत: विस्तृत खोजकर्ता हुन् । चेम्जोङ्कृत “किरातीकालीन बिजयपुरको संक्षिप्त इतिहास” का आधारमा “राई चिन्हारी” को विकास निम्न ढंगले भएको पाइन्छ:

सम्बत् १४२१ तिर मोरङ राज्यको राजधानी वाराताप्पामा थियो, जसको राजा साङ्लाइङ हाङ थिए । साङ्लाइङ्पछि पुङ्लाइङ हाङ राजा भए । उनको समय एक ब्रान्हण पण्डित वाराताप्पा आए । सुरुमा पण्डितले दरवारमा बास मागे । रहँदै बस्दै पण्डितबाट राजा प्रभावित भए । ती पण्डित अब दरवारका सल्लाहकार बन्न पुगे । पण्डितले क्रमश: भने- “शक्तिशाली हुन राजाले राय थर र हिन्दु नाम ग्रहण गर्नुपर्छ ।” तब, पुङ्लाइङ्हाङ “अमरनारायण राय” बन्न गए । अमरनारायण रायपछि जारेनारयण राय, पछि अपनारायण राय, पछि इङ्दिनारायण राय, पछि बिजयनारायण राय राजा भए । बिजयनारायणले वाराताप्पाको राजधानी नयाँ स्थानमा सारे र उनकै नामबाट “बिजयपुर” नामाकरण गराए । अब मोरङ्को राजधानी बिजयपुर भयो ।

पहाडको लिम्बुवानमा मुरेहाङ खेवाङ राजा थिए । पत्ता लगाई बिजयनारायणले मुरेहाङ्लाई बिजयपुर बोलाए । दुई राजाबीच वार्ता-सन्धी भयो । त्यस अनुसार राय खलक मोरङ-लिम्बुवानको बंशानुगत राजा र खेवाङ खलक मोरङ-लिम्बुवानको बंशानुगत मन्त्री हुने ब्यवस्था भयो ।

समयक्रममा, दरवारमा जानकारी भयो कि मन्त्री मुरेहाङ गाई-गोरुको मासु खाँदा रहेछन । ज्ञात हुनासाथ राजकुमारी अर्थात बिजयनारायणकी छोरीले मुरेहाङ्प्रति तीब्र घृणा ओकलिन । असहनीय लागेपछि आक्रोशमा मन्त्रीले राजकुमारीको हत्या गरिदिए । राजकुमारीको हत्या जानकारी हुनसाथ बिजयनारायणले मुरेहाङ्को पनि हत्या गराए । अब बुवाको स्थानमा मन्त्री हुन पहाडमा रहेका मुरेहाङ छोरा बाजहाङ्लाई बिजयपुर बोलाइयो ।

तर, बिजयपुरको सट्टा बाजहाङ मकवानपुरतर्फ लागे । त्यस समय शक्तिशाली मानिएको मकवानपुरका राजा लोहाङ सेन समक्ष बाजहाङ्ले प्रस्ताव राखे- “मेरो बुवाको हत्याको बदला लिँन सहयोग पाउँ । बरु सेन मातहत रहन्छु ।” सहमति भयो । मेची नदीको मैदानमा भेटेर बिजयपुरमाथि हमला गर्ने कार्यबिभाजन सहित उनीहरु छुट्टिए ।

तयारी साथ राईफाँडो लगाउँदै लोहाङ सेन मधेस हुँदै पूर्व लागे । पूर्णिया हुँदै मेची पूर्वको मैदानमा पुग्दा, खर्साङ्को युद्वमा लेप्चा राजाको सेनापति तर्बे पुनुद्वारा मित्र बाजहाङ मारिएको थाहा लाग्यो । पहाड चढेर तर्बे पुनुलाई भेटी लोहाङ सेनले पुनुको हत्या गरिदिए । त्यसपछि लोहाङ सेन बिजयपुरतर्फ लागे ।

बिजयपुर पुग्दा, बृद्व उमेरका कारण बिजयनारायणको मृत्यु भैसकेको रहेछ । सहजै दरवार कब्जा गरी लोहाङ सेन मोरङ-लिम्बुवान समेतको महाराजा घोषित भए । पहाडका बाजहाङ छोरा पानोहाङ्लाई बोलाइयो । बिजयपुर झरेपछि, पूर्व सहमतिका आधारमा लोहाङ सेनले पानोहाङ्लाई लिम्बुवानको मन्त्री नियुक्त गरे । बिजयपुरमा बसेर लोहाङ सेनले आफ्नो अधिराज्यलाई पाँच उप-राज्यमा बिन्यास गरे। त्यस अनुसार खम्बुवानको मन्त्रीमा नाम्दुहाङ नियुक्त भए ।

क्रमश: नामथर बदलेर पानोहाङ्लाई “बिध्याचन्द्र राय” बनाइयो । उनका छोरा बिचित्रचन्द्र राय र उनका छोरा बुद्विकर्ण राई भए । कतिपयमा “राय” उल्लेख रहे पनि सुदुरपूर्वको सन्दर्भमा मूलत: बुद्विकर्ण नै सर्वप्रथम “राई” सम्बोधित ब्यक्ति भएको पाइन्छ ।

राजा कामदत्त सेन र मन्त्री बुद्विकर्ण राईवीच ईष्ट इन्डिया कम्पनीका जनरल वारेन हेष्टिङ्वारे गम्भीर मतभेद उत्पन्न भयो । मोरङ्स्थित हात्ती यात्राक्रममा मन्त्रीले राजाको हत्या गरिदिए । बिजयपुर फर्केर, सम्बत १८२६ मा बुद्विकर्ण राईले स्वयंलाई राजा घोषित गरे ।

 

 

३. गोर्खाली बिजय, किपट ब्यवस्था र राई चिन्हारीवारे

सम्बत् १८३० मा माझकिरात खम्बुवान क्षेत्रमा गोर्खालीको सम्पूर्ण नियन्त्रण हुन पुग्यो । खम्बुहरुले २६ मुरी माटो र १६ आना दामको किपट प्राप्त गरे । किपटको अर्थ भूमि प्रशासन सम्बन्धी अधिकार थियो, जस अनुसार खम्बु किरातीको जमिन गैरखम्बु किरातीले स्थायी रुपमा लिन पाउँदैनथे । अर्थात राज्य खोसिए पनि किरातीजनको परम्परागत सामुदायिक भूमि सुरक्षित रहने राजकीय ब्यवस्था नै किपट थियो ।

माझकिरात अन्तर्गत विभिन्न थुम (स्थानीय प्रशासनिक एकाई) खडा गरियो । ती थुमहरुमा राई, गौरुङ, माथा, कार्बारी, जेठाबुढा जस्ता बिभिन्न ओहदामा खम्बु किरातीलाई नै निरन्तरता दिने काम गरियो । त्यसमध्ये प्रमुखको हैसियतमा “राई” हुन्थे । राईको एक जिम्मा रैतीसँग भूमिकर असुल गरी गोर्खा दरवारमा दाखिल गर्नु हुन्थ्यो । राई ओहदा बंशानुगत चल्यो । त्यस आधारमा राईको जेठा छोरा राई भनिन्थ्यो भने अन्य छोरा तथा सामान्य किरातीजनलाई “जिमी” भनिन्थ्यो ।

 

सम्बत् १८३० मा माझकिरात खम्बुवान क्षेत्रमा गोर्खालीको सम्पूर्ण नियन्त्रण हुन पुग्यो । खम्बुहरुले २६ मुरी माटो र १६ आना दामको किपट प्राप्त गरे । किपटको अर्थ भूमि प्रशासन सम्बन्धी अधिकार थियो, जस अनुसार खम्बु किरातीको जमिन गैरखम्बु किरातीले स्थायी रुपमा लिन पाउँदैनथे । अर्थात राज्य खोसिए पनि किरातीजनको परम्परागत सामुदायिक भूमि सुरक्षित रहने राजकीय ब्यवस्था नै किपट थियो ।

 

सम्बत् १९९९ मा राणा सरकारले बिजन दर्ता अभियान चलाए । उक्त अभियानले माझकिरातको किपट ब्यवस्था ऊन्मूलन गर्यो । परन्तु, राणाहरुले बडो चलाखीपूर्वक त्यत्रो किपट ऊन्मूलन गरे । हिजोसम्म राईको जेठो छोराले मात्र “राई” लेख्ने लेखाउने, भन्ने भनाउँने अधिकार राख्दथ्यो भने अब बिगत किपटवाला-सन्तान सबैले “राई” लेख्ने लेखाउने, भन्ने भनाउँने अधिकार प्राप्त गरे ।

स्थानीय थुममा राई ओहदा निकै प्रतिष्ठित थियो । त्यसैले बिगतका रैती अर्थात जिमीहरु सबैले “राई” भनिँन पाउने उपलब्धीमा हर्षोल्लास मनाए । परन्तु, बिजन दर्ताले किपट खोसिए उप्रान्तका राईहरुलाई “ठुटे राई” भन्ने गरिन्छ । किनकि, किपट अधिकार सञ्चालक राई सोह्र हातको पगरी गुथेको हुन्थ्यो भने सम्बत १९९९ यताको राईसँग त्यस्तो पगरी धारणको हैसियत रहेन ।

जे होस, सम्बत् १९९९ को बिजन दर्ता अभियानले परम्परागत तथा ऐतिहासिक किपट अधिकार खोसे पनि त्यही राजनीतिक घटना उप्रान्त माझकिरात खम्बुवानका किरातीले सामुदायिक रुपमा “राई चिन्हारी” अख्तियार गरे ।

निष्कर्षमा, राई शब्दको पूर्वावस्था “राय” ले राजा सरहको सम्बोधन गर्दथ्यो । त्यसैले त्यो निश्चित ऐतिहासिक कालमा सम्मानित तथा प्रतिष्ठित समेत रह्यो । यद्यपि, उक्त शब्द किराती भाषाको मौलिक शब्द भने थिएन । परन्तु, समुदायको तहमा ग्राह्य भईसकेको पृष्ठभूमिमा राई हुने कि नहुनेवारे बिवाद स्वत: अनुत्पादक ठहर्छ ।

४. किराती लेखनवारे

२०४० मा हामी सोलुको सोताङ्बाट दिक्तेल हुँदै मावाली गाउँ ओक्वारीतोङ (मौवाबोटे) पुग्यौं । टेम्मा गाउँ नाताको घर थियो । त्यता कतै कवि जसराज किरातीको नाम सुन्यौं । त्यही वरपर पत्रकार श्री बिश्वजीत किरातीसँग काठमाडौंमा भेट भयो । ०४२ को राष्टीय पञ्चायत निर्वाचनमा सोलुका बामपन्थी समेतले शेर्पा एकाधिकार बिरुद्द भन्दै श्री भूपाल किरातीलाई साथ दियौं । अध्ययन क्रममा किराती पहिचानको ऐतिहासिक यात्रा बोध हुँदै गयो ।

२०४६ को आन्दोलनपछि नेपाली कांग्रेसका ओखलढुङ्गा र भोजपुर निवासी दुई जना श्री गोपाल राईको चर्चाले पहिचान आन्दोलनमा लागेको हामीलाई जनकार्यमा निकै घाटा पुर्याउन थालेको देखियो । बिकल्पमा, त्यस समयको राजनीतिक आवस्यकताले खम्बु लेख्न पुगियो । २०६० मा, जनयुद्वमा घोषित किरात जनसरकारको अध्यक्ष भईयो । २०६३ को शान्ति सम्झौताले माओवादी राजनीतिलाई निर्वाचनतर्फ डोर्यायो । तब, प्रथम संविधानसभाको निर्वाचन प्रयोजनका लागि २०६४ मा नागरिकताको प्रमाण-पत्र लिँदा बल्ल किराती भईयो ।

कठोर अनुभव के छ भने आमा-बाबू बिनाको सन्तान र अविभावकीय सह-योद्वा बिनाको मानिसले सामाजिक बिषय-वस्तुमा क्रमभंग गर्न ठुलै पहरा फुटाउनु पर्छ । कैयन परिस्थितिमा वाहियात लाग्ने, तर प्रकृति प्रदत्त आफ्नो समवेदनशील मनोविज्ञानका कारण जातिनामको खोजीमा फलाम पगाल्ने तापक्रमको तहमा यो जीवनको एक पाउ गिदी पटक-पटक पगाल्नु परेको थियो ।

किनकि, जुन समय हामी पहिचान आन्दोलनमा होमियौं, त्यो समय सम्बन्धित आन्दोलनको स्पष्ट दर्शन, राजनीतिक, आर्थिक, साँस्कृतिक-समग्रतामा चित्त बुझ्दो व्याख्या गर्ने नेपालमा कोही थिएन। मार्क्सवादी विचारबाट सामान्य निर्देशित तथा किसान जीवन आधारित अति सरल भाषामा लेखिएको माओका रचनाहरुको गम्भीर अध्ययन नगरिएको भए यो जीवनले किमार्थ त्यो पहरा फुटाएर वर्गसंघर्ष लड्न सक्ने थिएन । त्यसरी वर्गसंघर्ष र विचारधारात्मक संघर्षको परिणाम भन्नुपर्छ, आज सहजै दुनियाँको व्याख्या गर्न सकिन्छ र मुख्यत: बदल्ने कार्यदिशामा दृढ कदम उठाउँन सकिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...