विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघ्यो, संक्रमितको संख्या ४५ लाख ३४ हजारभन्दा बढी
वि.सं.२०७७ जेठ ३ शनिवार ०९:४२
1.1K
shares
एजेन्सी: कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८ हजार भन्दा बढी पुगेको छ । ४६ लाख २१ हजार भन्दा बढी संक्रमित मध्ये १७ लाख ५५ हजार उपचारपछि निको भएका छन् । ४५ हजार भन्दा बढी संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी ८८ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ भने १४ लाख ८३ हजार ९ सय बढी संक्रमित छन् । बेलायतमा २ लाख ६७ हजार संक्रमित मध्ये करिब ३४ हजार जनाको मृत्यु भएको छ । यस्तै इटालीमा २ लाख २३ हजार संक्रमित मध्ये ३१ हजार ६ सय बढीको मृत्यु भएको छ ।
फ्रान्समा २७ हजार ५ सय बढीको मृत्यु भएको छ । यस्तै ब्राजिलमा १४ हजार ८ सय जनाको मृत्यु भएको छ । जर्मनीमा ८ हजार जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ६ हजार ९ सय बढीको मृत्यु भएको छ ।
चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । भारतमा करिब ८५ हजार संक्रमित मध्ये २ हजार ७ बढी मृत्यु भएको छ । रसियामा करिब ३ लाख संक्रमित मध्ये २ हजार ४ सय बढीको मृत्यु भएको छ ।
वि.सं.२०७७ जेठ ३ शनिवार ०९:४२




















