YouTube Link

प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ

Facebook Link
vision

कोरोना भाईरस अर्थात् कोभिड–१९ को महामारिले गर्दा आज सिंङ्गो राष्ट्र नेपाल मात्र नभएर विश्व जगतका सिङ्गो नागरिक क्वारेनटाइनमा छ । लकडाउनलाई स्वागत योग्य रुपमा पालना गर्नुभएको छ । त्यसैले आज हामी २१औं शताब्दीको तीन दशक पार गरिसकेका छौ अझ भनौ हामी अल्पविकसित मुलुकमा छौं ।

हामीसितको गरिबी, अशिक्षा, बेरोजगारी, भोकमारी जस्ता निराश सरकारले चिर्न सकिरहेको छैन न त आशाको दियो बाल्न सक्यो न त ज्ञानको ज्योति छर्यो । भ्रष्टाचार र अनियमितता कालो बजारी दिनानुदिन बढिरहेको छ । सरकार भने मुख दर्शक बनेर बसेको छ । जनताको भोको पेट र बगिरहेको आँशुमा कुनै मलम लगाएन झन् यस्तो विषम् परिस्थितिमा रानजीतिकरणमा उतरचढाव ल्याएको छ ।

देशको मुल कानुन संविधान बनाउँदा शिर्ष अग्रपंक्तिले गहिरो अध्ययन सुजबुझका साथ बनाएको अध्यदेशलाई कुल्चेर ओली सरकारले नौलो तरङ्ग ल्याए । तर उक्त राजनीति अध्यादेश ७२ घण्टा नबित्दै फिर्ता लिएर अर्को नाटक रच्न सफल भए । एक त यो कोरोनाको त्रास र अर्को ओलीको अध्यादेशले हामी सबैलाई स्तब्ध बनाएको थियो ।

हाम्रो देशमा ठेकदारले आफ्नो घरबार र छोरालाई विदेश पढाउने सबै कामको उपलब्धी गराउने भनेकै करोडौको ठेक्का हो । उनीहरुलाई महल बनाउने र हुस्की पिलाउने ति गरिब कामदारले पोखेको पसिना र रगत हो

कोभिड–१९ ले गर्दा नेपालमा मात्र नभएर विश्वमा गहिरो चोट पुगेको छ । हामीले ठूलो युद्ध लड्नु पर्ने बेला आएको छ । हामी सित बलियो अस्त्र छैन । त्यसैले हामीले आफू बाँच्ने अरुलाई पनि बचाउने, एक हातले आफू बाँच्ने अर्को हातले अरुलाई बचाउनु नै बुद्धिमानी हो । एक धर्म र दायित्व पनि हो ।

हाम्रो देश एक अल्पविकसित राष्ट्र नेपालमा व्यवस्था भन्दा पनि व्यवस्थापनमा समस्या छ । सहि व्यवस्थापन गर्न सक्ने हो भने देशलाई समृद्धी तर्फ लम्काउन कोरोना विरुद्ध लड्न लोकतन्त्रको अनुभुति गराउन ठूल्ठूला योजना कुर्नु पर्दैन । त्यो आवश्यक पनि छैन । नेपालमा ठेकेदारीतन्त्रलाई नेताले माया ज्यालादारीलाई कष्ट दिने गरेका छन् ।

नेपालको सन्दर्भमा एक अर्को छ विचौलियातन्त्र जबकी आज हाम्रो देशमा ठेकदारले आफ्नो घरबार र छोरालाई विदेश पढाउने सबै कामको उपलब्धी गराउने भनेकै करोडौको ठेक्का हो । उनीहरुलाई महल बनाउने र हुस्की पिलाउने ति गरिब कामदारले पोखेको पसिना र रगत हो । तर आजको यो विशम् परिस्थितिको विपद घडिमा नत ति ठेकदारले हेरे नत राज्यले कि त सरकारले नियम बनाउनु पर्थ्यो ।

ज्यालादारीलाई जसरी घरबाट बोलाए झै त्यसरी गन्तव्य स्थलमा पुर्याउने आदेश दिन सक्नु पर्थ्यो तर त्यस्तो भएन । दिनानु दिन भोको पेट लिएर पैदल यात्रा गरेका मजदुरको पीडा र आँसुको सागरमा सरकार ठेकदारले होली खेलेका छन् । अर्को पीडा लगभग ४५ लाख नागरिकबाट आउने रेमिट्न्स मिठो र उद्धारमा तितो, सरकार तितोको पातै नछुने मिठोको जरै उखेल्ने सरकार । सरकार यो योजना मनोरञ्जन होकी आत्मरञ्जन हो । हामीलाई थाहा छैन, सार्वभौम नागरिक जान्न चाहन्छन् ।

(लेखक नेविसंघ सिटिइभिटी समन्वय केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...