काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाउने सरकारको तयारी
वि.सं.२०७७ वैशाख १२ शुक्रवार ११:३०
1.8K
shares
काठमाडौं: नेपाल सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक महिनादेखि लागू गरेको लकडाउन काठमाडौं उपत्यकामा केहि खुकुलो गर्ने तयारी गरेको छ । चैत ११ गतेदेखि जारी लकडाउन यहि बैशाख१५ सम्म कायम रहने छ ।
यस बीचमा काठमाडौं उपत्यकामा कोरोना संक्रमित उपचारपछि घर फर्किसकेको र जनजीवन अत्यन्तै कष्टकर भएको भन्ने गुनासो आइरहेका बेला लकडाउन कसरी खुल्ला गर्न सकिन्छ भन्ने बारे सरकारले बिभिन्न पक्षसँग छलफल गरिरहेको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले बिद्यालय नखोल्ने, सार्वजनिक भिडभाड हुने स्थल नखोल्ने गरि लकडाउन आशिंक खुल्ला गर्ने बारे गृहकार्य भैरहेको जानकारी दिएका छन् । काठमाडौं उपत्यकामा केहि खुकुलो गर्ने भएपनि सिमा नाका भने बन्द नै हुनेछन् ।
रिमालले यसबारे सरकारले मन्त्रिपरिषदबाट छिट्टै निर्णय लिने पनि उनले जानकारी दिए । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४८ पुगेको छ भने १० जना उपचारपछि घर फर्किसकेका छन् ।
वि.सं.२०७७ वैशाख १२ शुक्रवार ११:३०



















